काठमाडौं । अभिनेता सलोन बस्नेत करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका छन् । सोमबार चन्द्रागिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह भएको हो ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु आज वैवाहिक बन्धनमा बाँधिभएका हुन् । अभिनेता सलोनले होस्टेल, गाजलु लगायत फिल्ममा अभिनय गरेका छन् ।