• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शुक्रबार, माघ २०, २०७९
शुक्रबार, माघ २०, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्य आम्दानी गर्दै सागर

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोज्नुभयो । तर केही पाउनु भएन ।

आफ्नै काम गर्न उहाँसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्दै क्षेत्री कामको खोजीमा वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) हान्निनुभएको थियो ।

विदेशमा तीन वर्ष काम गरेर फर्किएका क्षेत्रीले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो बनाउने विन्ध्याबासिनी लघु उद्योग खोल्नुभएको छ ।

“विदेशमा पेट्रोलपम्पमा तीन वर्ष काम गरेँ, त्यहाँबाट फर्किएपछि स्वदेशमै उद्यम गर्ने सोच आयो”, उहाँले भन्नुभयो, “बुवा वन कार्यालयमा जागिरे हुनुहुन्थ्यो, उहाँकै सल्लाहअनुसार बेत, बाँसको काममा लागेँ ।”

भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक एक लाख ५५ हजार भाडामा क्षेत्रीले तीन कठ्ठा जमिन भाडामा लिएर उद्योग खोल्नुभएको छ । वैदेशिक रोजगारीको मोह छाडेर उहाँ अहिले स्वदेशमै उद्यममा जम्नुभएको छ ।

वैदेशिक रोजगारीका क्रममा कमाएको करिब रु २० लाख लगानीबाट सुरु गरेको उद्योग उहाँको कमाइको मुख्य स्रोत बनेको छ । “सुरुमा एउटा कोठाबाट सुरु गरेको काम अहिले विस्तार भएको छ, सुरुमा आफ्नो रु २० लाख लगानी गरेका थियौँ”, उहाँ भन्नुहुन्छ, “अहिले बैंकबाट रु २६ लाख जति ऋण लिएका छौँ ।”

क्षेत्रीले आफूले स्वदेशमै मात्रै रोजगारी पाउनुभएको छैन, अरु १० जना पनि उद्योगमा रोजगारी दिनुभएको छ । बेत, बाँसको फर्निचर तथा कुचो बनाउने उद्यममा सक्रिय क्षेत्री स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्य आम्दानी हुँदा खुसी हुनुहुन्छ ।

“फर्निचर बनाउने मिस्त्री तथा कुचो बनाउने गरेर १० जनाले उद्योगमा रोजगार पाएका छन्, वार्षिक रु ३० लाखसम्मको कारोबार हुन्छ”, उहाँले भन्नुभयो, “स्वदेशमै काम गरेर परिवार पालिरहेको छुँ, विदेशमा परिश्रम बेच्नुभन्दा स्वदेशमै काम गर्नु राम्रो छ ।”

बेत, बाँसका फर्निचर तथा कुचोको माग धेरै आउने गरेको उहाँ बताउनुहुन्छ । सुदूरपश्चिमका नौवटै जिल्लामा आफ्नो उद्योगको उत्पादन ढुवानी हुने गरेको उहाँको भनाइ छ ।

“बजारमा माग बढी छ, हामी सुदूरपश्चिमका नौवटै जिल्लामा उत्पादित सामग्री पठाउँछौँ”, उहाँ भन्नुहुन्छ, “बेत कैलालीबाट ल्याउने गरेका छौँ भने अर्मिसो डडेल्धुरा, पाल्पा तथा झापाबाट ल्याउँछौँ ।”

कामको खोजीमा विदेशिनेलाई स्वदेशमै उद्यम गर्न क्षेत्रीको सुझाव छ । “विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ”, उहाँले भन्नुभयो, “त्यहाँ गर्ने मेहेनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ ।”

सरकारले तालिम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए लगानी नहुँदा आफ्नै उद्यम गर्न नसकेर विदेशिनु पर्ने अवस्थाको अन्त्य हुने उहाँ बताउनुहुन्छ ।

“लगानी नहुँदा बैंकबाट ऋण लिनुपर्छ, त्यसमा ब्याजदर चर्को हुनाले समस्या हुने गरेको छ”, क्षेत्रीले भन्नुभयो, “कम ब्याजमा ऋण पाइएमा युवा लगानी गरेर स्वदेशमै रोजगारीसँग जोडिन सक्थे ।” रासस

  • आम्दानी
शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र
इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल
सुनको मूल्य हालसम्मकै उच्च

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.