काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा एमालेसँगको आफ्नो दलले गरेको सहकार्य सकिएको बताएका छन् ।
आइतबार दिउँसो विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै यादवले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने बताए ।
प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । उनले अहिलेको जनमतले आफूहरू निर्णायक नभएकाले हाइसञ्चोको अवस्थामा रहेको बताए ।