• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शुक्रबार, माघ २०, २०७९
शुक्रबार, माघ २०, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

कांग्रेस नेतृत्वको गठबन्धनमा गडबडी : दाहालको ‘मिसन प्रधानमन्त्री’

काठमाडौं । नयाँ सरकार गठनका लागि छलफल अघि बढेसँगै दलहरूले शक्ति बाँडफाँट भन्दै प्रमुख पदहरूमा दाबी गर्न थालेका छन् । निर्वाचन परिणामबाट प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठुलो दल हुने भएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बनाउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समानुपातिक वितरण प्रणालीका आधारमा प्रमुख पदहरू बाँडफाँट हुनुपर्ने दाबी प्रस्तुत गर्न थालेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने गरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गरेका छन् । नेकपा एसले सकेसम्म राष्ट्रपति, त्यो नभए सभामुख दाबी गर्ने भएको छ ।

माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला गरी कसरी पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्छन् भन्नेतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि दाहालले प्रधानमन्त्री पदलाई मुख्य ‘मिसन’ बनाएका छन् ।

नेकपा एस भने दाहाल एमालेतिर नजिक हुन खोजेपछि कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनु पर्नेमा उभिएको छ । माओवादी पदाधिकारी बैठकले आइतबार सरकार गठनका लागि सबै पक्षसँगको सहकार्यलाई खुला गरेपछि नेकपा एस झस्किएको छ ।

गठबन्धन जोगाएर जानुपर्छ भन्ने लाइनमा रहेको नेकपा एस प्रमुख पदहरू बाँडफाँट र कार्यविभाजन मिलाएर सरकार बनाउनुपर्नेमा दृढ रहेको ती नेताले बताए । माओवादी अध्यक्ष दाहालले आफैं प्रधानमन्त्री हुन सक्रियता बढाएपछि गठबन्धनको भविष्य अन्योलमा परेको नेकपा एसका ती पदाधिकारीले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा भएकाले उनी पनि प्रधानमन्त्रीका स्वाभाविक दाबेदार हुन् । कांग्रेस संसदीय दलको नेतामा रामचन्द्र पौडेल, गगन थापा, शेखर कोइरालाले उम्मेदवारी दिने बताइरहेका छन् ।

माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीको दाबी गर्दा नेकपा एसका अध्यक्ष माधव नेपाल भने मौन छन् । नेपालले आफ्नो पार्टीले राष्ट्रपति वा सभामुखमध्ये एक पद पाउनुपर्नेमा जोड दिएको स्रोतले बतायो । नेकपा एस स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने भने आफ्नो दल, एमाले र माओवादीसमेत मिलेर सरकार बनाउनु पर्ने धारणा राख्छन् ।

उनले नेकपा एसले गठबन्धन सरकारमा आफ्नो उपस्थिति कायम राख्न प्रमुख पदमा दाबी गर्ने तर गठबन्धन नै भत्काएर जानुपर्छ भन्ने अवस्था नरहेको बताए । निर्वाचनअघि नै माओवादी अध्यक्ष दाहालले परिणामपछि माओवादीकै नेतृत्वमा पहिलो कार्यकाल सरकार बन्नुपर्ने प्रस्ताव देउवासँग राखेका थिए । अहिले माओवादीले प्रधानमन्त्री माग्नु त्यसकै निरन्तरता भएको माओवादी नेता बताउँछन् ।

नेकपा एसको हिसाबले फेल खायो
नेकपा एसले निर्वाचनबाट आफ्नो पार्टीले रामो नतिजा ल्याउने दाबी गरेको थियो । तर उसको हिसाब फेल खायो । नेकपा एसका प्रभावशाली नेताहरू जगन्नाथ खतिवडा, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ लगायतले निर्वाचनमा हारे ।

नेकपा एसले प्रतिनिधिसभा समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पनि प्राप्त नगर्ने देखिएको छ । समानुपातिक मतगणना अन्तिम चरणमा छ । हिसाबले फेल खाएपछि सत्ता साझेदारी गर्दा प्रमुख पदहरूमा दाबी गर्न उसको धरातल कमजोर बन्न पुगेको छ ।

अहिले नेकपा एससँग कांग्रेसलाई सरकार बनाउन सहयोग गर्नुको विकल्प छैन । माओवादीसँगको पार्टी एकता पनि निर्वाचन परिणामकै कारण रोकिएको छ । चार दिनअघि नेकपा एसका महासचिव वेदुराम भुसालले पनि विज्ञप्ति जारी गरेर माओवादीसँग तत्काल एकता नहुने जनाएका थिए ।

सरकार बनाउन अहिलेको सत्ता गठबन्धनबाट पुग्ने अवस्था छ । २७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार बनाउन १३८ सांसदको समर्थन चाहिन्छ । सत्ता गठबन्धनले केही साना दल वा स्वतन्त्र सांसदको सहयोगमा सामान्य बहुमत पु¥याउन सक्छ । आजको नागरिक दैनिकमा खबर छ ।

  • निर्वाचन
सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल
एजेन्डा र भागबण्डाको लफडाले सत्ता गठबन्धन धरापमा
दुर्गा प्रसाईँ भन्छन्- ‘संसारमा कहीँ नबाँचेको विरामी हाम्रोमा बाँच्छन्’

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.