काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भारतीय पक्षबाट सीमा क्षेत्रमा भइरहेका ज्यादती प्रति नेपाल सरकार रमिते बनेको आरोप लगाएको छ । भारतले एकतर्फी ढंगबाट महाकालीको बहाव नेपालतर्फ धकेलेरे अनधिकृत पक्की संरचना बनाउन लागेको र त्यसको विरोधमा उत्रिएका नेपालीमाथि आक्रमण हुँदा नेपाल सरकार मूकदर्शक बनेर बसेको सो पार्टीले आरोप लगाएको छ ।
महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरुले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिका समेत घाइते भएको र एक वर्षभित्र २ पटक ढुंगामुढा भइसकेको समाचारहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।