काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवादमा मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई स्पष्टीकरण बुझाएका छन् ।
उनले आफ्नो नागरिकता नेपाली नभएको भनि गरिएको दाबी गलत भएको उल्लेख गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएपछि आफ्नो नागरिकताको कुरा विवादमा ल्याइएको तर, आफू नेपाली नै भएको उनको दाबी छ ।
उनले आफूले २०५० साल फागुन १० गते काठमाडौंबाट नेपाली नागरिकता लिएको र अध्ययनका सिलसिलामा अमेरिका पुगेपछि अमेरिकाको स्थायी बसोबास लिएको बताएका छन् ।