काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा चरम लापरवाही गर्ने गरेको पाइएको छ । विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षामा प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनमा समेत विधि प्रक्रिया मिचेर व्यक्तिगत निर्णय आधिकारिक हुने आजको एक घटनाले पुष्टि गरेको छ ।
आज एमबीएस सेकेण्ड सेमेस्टारको फाइनान्सीयल म्यानेजमेटको परिक्षा संचालन भएको थियो जसको प्रश्न नै गलत रहेको देखिएको छ । विद्याथीहरुले ३ नम्बरको प्रश्न गलत भएको बताएका छन् । यस्तो लापरवाही आजको मात्र होइन् त्रिविले लिने परिक्षामा बारम्बार देखिँदै आएको छ ।
यता त्रिवि अन्तर्गतको उक्त परिक्षा दिएका विद्याथीहरुले प्रश्नपत्र हेरेर आफू प्रश्नका कारण परिक्षाहलमा मानसिक तनाव भयो भने अर्को तर्फ दोधारका बीच परिक्षा सोचे जस्तो नभएको बताएका छन् ।
अहिले त्रिविले लिने परीक्षा प्रणालीको विश्वसनियता माथि प्रश्न तेस्रिएको छ । त्रिविमा प्रश्नपत्र काट्ने शिक्षकहरुको हेलचक्याइँ र पदाधिकारीले नियमन नगर्दा समस्याले उग्ररुप लिँदै आएको छ । मुख्यतः अर्थशास्त्र, राजनीति शास्त्र र व्यवस्थापन शंकायको प्रश्नपत्रमा गडबडी देखिने गरेको छ ।
त्रिविका अधिकारीहरु पनि प्रश्नपत्रमा देखिएको अनियमितता, विश्वसनीयता, वैधता र गोपनियतामाथि प्रश्न उठेको स्वीकार्छन् । तर, मौन बसिदिन्छन् । त्रिविले काट्ने प्रश्नपत्रमाथि प्रश्न उठ्दा न त्रिविका जिम्मेवार अधिकारीले कारवाही प्रकृया अघि बढाउँछन् न त सम्बद निकाय जबाफदेही बन्छ ।
गत जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिकल साइन्स’विषयका प्रश्नपत्रहरू गत वर्षकै हुबहु दोहोर्याएको थियो ।