काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १० हजार २५८ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १५९ जना र ११ देखि २० वर्षका ५७८ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ३ हजार ६४ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि २ हजार ३०८ जना रहेका छन् । ४१ देखि ५० वर्षका १ हजार २१५, ५१ देखि ६० वर्षका ८३२ जना, ६१ देखि ७० का ३५८ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १४५ जना रहेका छन् । ८० वर्षमाथिका ५२ जना संक्रमित भएका छन् । १९ जनाको उमेर खुलेको छैन । त्यसैगरी अहिले देशभर ३९ हजार ४४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।