• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

बोर्ड सदस्य ऋषिराम दाहाल भन्छन्- ‘क्यान आफैं बोक्सी आफैं झाँक्री भाे’

काठमाडौं । पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथि गरेको कारबाही विवादमा परेकाे छ । क्यान, खेलाडी र समर्थक मात्रै हैन, गठबन्धनको सरकारले समेत यो घटनालाई निकै चासोका साथ हेरेको छ । क्यानको २९ मंसिरमा बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै केन्द्रीय सम्झौताबाट ६ महिना बाहिर राख्ने र कप्तान मल्ल र उपकप्तान ऐरीलाई पदमुक्त गर्ने निर्णय सुनाएको थियो । यसपछि चारै खेलाडीले क्यानलाई कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् ।

यस्तै उनीहरुलाई सहयोग गर्दै अन्य खेलाडीले ऐक्यवद्धता जनाएका छन् । अध्यक्ष चतुरबहादुर चन्दले स्वेच्छाचारी ढंगले क्यान चलाएको, आर्थिक अनियमितता गरेको, प्रतिबद्धताअनुसार काम गर्न नसकेको भन्दै विराेध सुरु भएकाे छ । यिनै विषयमा क्यानका सदस्य ऋषिराम दाहालसँग न्युज कारखानाकर्मी रमेश सुवेदीले गरेको अन्तर्वार्ता :

– तपाईसहित ६ बोर्ड सदस्यले खेलाडीको कारबाही फिर्ता होस् भन्ने माग राख्नु भएको छ । आवश्यक थियो ?
तीन महिनापछि हामी ठूलो प्रतियोगिता खेल्दैछौं । यसअघि हामीले जुन लेभल-१ प्राप्त गरेका छौं, त्यसलाई जोगाउनुको ठूलो चुनौतीको विषय हो । यस्तो अवस्थामा खेलाडीलाई खेल खेलाउन प्रोत्साहन, प्रेरित गर्ने समयमा खेलाडीमाथि कारबाही गर्दा हाम्रो लेभल जोगिन्छ कि जोगिँदैन ? र, खेलाडीहरूलाई कारबाही गर्नुपर्ने अधम्य अपराध गरेका हुन् ? त्यो विषय आउनुपर्‍याे । उनीहरूले चित्त नबुझेका कुरा राख्दैमा खेलाडीलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौं ।

उनीहरूले यस्तो हुनुपर्छ । यो काम गर्‍याे । यस्तो गर्‍याे भनेर आवाज उठाएका छैनन् । क्यानविरुद्ध नाराबाजी गरेका छैनन् । उनीहरूले आफ्ना माग राखेका छन् । ग्रेडिङमा समस्या छ सच्चाउनु पर्‍याे भनेका छन्। यति भन्दैमा एकैचोटि खेलाडीलाई कारबाही गर्ने ? कप्तान उपकप्तानलाई निकाल्ने ? चार खेलाडीलाई ग्रेडिङमा नराखी भोको पेट खेल खेल भन्ने । जो राष्ट्रका लागि खेलिरहेका छन्, उनीहरूको मनोबल बढाएर लेभल-१ जोगाउनुपर्ने बेलामा खेलाडीलाई पिटेर तर्साएर लेभर वान जोगिन्छ त ?

– क्यानले खेलाडीले आचारसंहिता उल्लंघन गरेकै हुन् भनेको छ । तपाईहरूकाे कुरा फरक देखियाे नि ?
हामी खेलाडीसँग टचमा छैनौं । खेलाडीले अनुशासन भंंग गरे कारबाही गर्न पाइँदैन भन्ने पक्षमा पनि छैनौं । अनुशासनको कारबाही सबैको पक्षमा छ ।बोर्डले आफूले गरेका कमीकमजोरीलाई सच्चाउनुको साटो खेलाडीमाथि प्रहार गर्नु भयो । कसैलाई कारबाही गर्नुअघि सफाइको मौका दिनुपर्छ । खेलाडीले खेल्ने हो, राजनीति गर्ने हैन । लेभल वान जोगाउनु छ । यो ठाउँमा पुग्नु हाम्रो गन्तव्य हो । खेलाडीले यी यी कुरा चाहिन्छ भनेर माग गर्दा माग राख्न नपाउने भन्ने कुरा हुँदैन ।

खेलाडी र क्यानका पदाधिकारीकाे संयुक्त बैठक राखेर खेलाडीलाई सम्झाउने, खेलाडीको यी यी कुरा पूरा गर्न सक्छौं । हाम्रो हैसियत यति छ । यी यी माग पूरा गर्न सक्दैनौं । ग्रेडिङ पनि यो अवस्थामा यसरी गर्छाैं भन्नुपर्छ ।

अहिले हामी डिसेम्बरको अन्तिमतिर छौं । जनवरीबाट २०२२ को ग्रेडिङ हुनुपर्छ । नयाँ ग्रेडिङ हुनुपर्छ । अब, उनीहरुको ग्रेडिङको समय सकिसक्यो । बरु २२ को एक दुई महिनाअघि नै ग्रेडिङ गरेर सकौं । कप्तानसँग सल्लाह गरौं । कप्तानलाई पनि आफ्नो टिममा को कस्तो छ ? को घाइते छ ? कसलाई के समस्या छ ? धेरै थाहा हुन्छ । हामीले कप्तानसँग सल्लाह भयो भनेर सोध्यौं । किन गर्ने भन्नु भयो । यी कुरा भएकाले हामीले खेलाडीको पक्षमा खुला दिमागमा सोचेर हामीले कुरा गरेका हौं ।

खेलाडीसँग अनुशासन भंग गर, क्यानकाविरुद्ध हिँड भन्ने कुरा हामीले मान्दैनौं । खेलाडी क्यानको अनुशासनमा बस्नुपर्छ । क्यानको विरुद्धमा जान पाइँदैन । गए कारबाही हुनुपर्छ तर कारबाही गर्नुको पनि सीमा हुन्छ । विधि र पद्धति हुन्छ । त्यो कुरा नियमसंगत छैन । यो चाहिँ जबर्जस्ती आफै बोक्सी आफै झाँक्री भएझै आफैले प्रतिवेदन बनाएर कारबाही गरिएकाे छ । अनुशासन कमिटी छँदैछ । त्यो अनुशासन समितिले गर्नुपर्ने कारबाही उसले नगरी, बोर्डमा छलफल नै नगरी कमिटी बनेको छ । जाे कमिटीको संयोजक छ, उनै संघका कार्यबाहक सचिव छ । उहाँले नै कारबाही गर्नुपर्छ भने कसरी छलफल हुन्छ ? त्यसमा हाम्रो असहमति रह्यो । नोट अफ डिसेन्ट राख्यौं । क्यानले पनि जितोस्, खेलाडीले पनि जितोस् । सबैको कमीकमजोरी निकालौं र अगाडि बढौं भन्दा उहाँ (अध्यक्ष चतुरबहादुर चन्द) मान्नु भएन । जबर्जस्ती बहुमत छ भन्दै कारबाही गर्नुभयो ।

– खेलाडीले गुट बनाएर आफू अन्तर्गतकालाई समेटेर हस्ताक्षर गरेर क्यानलाई ११ बुँदे माग राखे भन्ने कुरा छ ?
१४ खेलाडीले संयुक्त हस्ताक्षर गरेका हुन् । हामीलाई सहयाेग गर्नुभयाे भने राम्रोसँग खेल्न सक्छौं । नेपालको नाम राख्न सक्छौं । हामी लेवल वान जोगाउन सक्छौं भन्नु कसरी दबाब भयाे ? यदि यो भएको वा गरेको हो भने, जबर्जस्ती हस्ताक्षर गरेका हाैं भन्ने खेलाडी आउनुपर्‍याे । क्यानका पदाधिकारीले धम्काएर खेलाडीलाई जबर्जस्ती खेलाडीकै विरुद्धमा बोल्न लगाएको सुन्नमा आएकाे छ। खेलाडीकै विरुद्ध क्याम्पेन गर्न लगाएको, दुनियाँ ठाउँबाट दबाब दिएको भन्ने सुन्नमा आाएकाे छ ।

– तपाईहरू पनि सुदृढीकरणको बहानामा क्यानलाई पेलेरै जान लागेको भन्ने आरोप छ नि ?
क्यानलाई पेलौ भन्ने कुरै हैन । हामी पनि क्यानको एक पाटो हो । हामी पनि बोर्ड मेम्बर हो । गलत कुराहरू हुँदा हाम्रो मत सानो भयो होला । तर गलत कुराहरूलाई गलत हो भन्ने, भन्न पाउनुपर्छ नि । त्यसका लागि हामीले कुरा उठाएको हो ।

– अब क्यानको साधारणसभा आउँदैछ । के गर्नु हुन्छ ?
हामीले कुरा उठाएका छौं । यो कुरा कहाँ जान्छ । यदि जिल्लाको अधिवेशन नगरी साधारणसभा गराउनु पर्छ भनेर क्यानको बहुमतले भन्छ भने हामी यही कुरा लिएर साधारणसभामा लगेर हाम्रो कुरा प्रस्तुत गर्छौं । सहभागी नहुने, बहिस्कार गर्ने, राजीनामा दिने भन्ने कुरा हाम्रो हैन । हामी त्यहीँ बस्छौं । क्यानलाई लाइनमा, पद्धतिमा ल्याउन उहाँहरूसँग बसेर अगाडि बढ्छौं ।

  • क्यान
मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश
वर्षको उत्कृष्ट पुरुष क्रिकेटर बने बाबर आजम
हामीबाट त्रुटि भयो, फिक्सिङमा संलग्नलाई कारबाही हुन्छ : क्यान अध्यक्ष चन्द

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.