धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा आज बिहिबार एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुर रहेका छन् ।
गिद्धादेखि यदुकोहा जाँदै गरेको बेला ठाकुरले चलाइरहेको मधेश प्रदेश २ ००६ प १८१९ नम्बरको मोटरसाइकल शहीदनगर नगरपालिका ६ हठीपुरमा दुर्घटना भएको हो ।
मोटरसाइकल वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडक खण्डको कल्भर्ट नजिकैकै बिजुलीको पोलमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।