• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शुक्रबार, माघ २०, २०७९
शुक्रबार, माघ २०, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी, कसरी सुरक्षित रहने ?

चितवन । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने यहाँका चिकित्सकले बताएका छन् । जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ । अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा. भोजराज अधिकारीले आफूमा रक्तचाप छैन भन्नेहरुमा पनि रक्तचाप बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिसो मौसम सुरु भएयता अन्य प्रयोजनले परीक्षणमा आउने बिरामीमा उच्च रक्तचाप धेरैमा देखिन थालेको छ ।” यसअघि कहिल्यै रक्तचाप उच्च नदेखिएका र थाहासमेत नपाएकामासमेत समस्या देखिएको उहाँको भनाइ छ । उहाँले रासससँग भन्नुभयो, “मलाई उच्च रक्तचाप छैन भन्नुहुन्छ, तर परीक्षण गर्दा रक्तचाप उच्च देखिएको छ ।” हरेक तीन जना उच्च रक्तचापका बिरामीमध्ये एक जनालाई आफूमा रक्तचाप रहेको थाहा नहुने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

रक्तचाप पत्ता लागेर नियमित औषधि सेवन गरेका भन्दा रक्तचाप रहेको तर थाहा नै नपाएका बढी जोखिममा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उच्च रक्तचाप भएर पनि थाहा नपाउनु वा परीक्षण नगर्नु अत्यन्त जोखिमपूर्ण हो ।” उहाँले समय समयमा रक्तचाप परीक्षण गर्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो “म स्वस्थ छु भनेर यसै बस्नु हुँदैन, समय समयमा परीक्षण गराउनुपर्छ ।”

पुष्पाञ्जली अस्पताल प्रालिमा बिहान र बेलुकाको समयमा बिरामी परीक्षण गर्दै आउनुभएका डा. अधिकारीले आफूकहाँ दुई दिनको बहिरङग परीक्षणमा आउने बिरामीको रेकर्डमा नै करिब २५ प्रतिशतमा पहिलो पटक अत्यधिक रक्तचाप देखिएको बताउनुभयो । उहाँले भन्नुभयो “बिरामी धेरैले पहिला कहिल्यै रक्तचाप नदेखिएको र आफूलाई थाहा पनि नभएको बताउनुभयो ।” गर्मी मौसममा पसिना बढी आउने हुँदा पसिनाबाट नूनको मात्रा बाहिरिने र शरीरमा नून घट्ने बताउँदै उहाँले जाडो समयमा शरीरमा नूनको मात्रा बढी हुने जानकारी दिनुभयो ।

डा. अधिकारीले भन्नुभयो, “जाडोमा शरीरका रगतका नलीहरु खुम्चिन्छन् र जाम हुन्छन् । यस्तो अवस्थामा नलीहरुले निचोरेर रगतलाई मुटुमा फिर्ता पठाउँछन् ।” मुटुले पनि आफूसँग आएको रगतलाई पुनः (पम्प) फाल्ने काम गर्छ । यसरी नली खुम्चिएर फिर्ता पठाएको रगत मुटुले तत्काल नली तर्फ नै फिर्ता पठाउदा रक्तसञ्चारको प्रवाह नमिलेपछि रक्तचाप बढ्ने अधिकारीको भनाइ छ । जाडो मौसममा मादक पदार्थ, चुरोटलगायतका सूर्तिजन्य पदार्थ, माछामासु बढी प्रयोग गर्ने हुँदा पनि यो मौसममा रक्तचाप बढ्ने उहाँले बताउनुभयो ।

विश्वको जनसङ्ख्याको करिब ४ भागमा एक भाग उच्च रक्तचाप भएका मानिस हुनथालेको बताउँदै डा अधिकारीले भन्नुभयो, “जबकी विश्वमा करिब २५ प्रतिशत जनसङ्ख्या त बच्चा र युवकको छ ।” विश्वमा तीन प्रकारका उच्चरक्तचापका मानिस रहेको बताउँदै उहाँले अगाडि थप्नुभयो, “पहिलो–उच्चरक्तचाप छ तर थाहा छैन, दोस्रो–उच्चरक्तचाप छ, दबाइ खान्छ तर कन्ट्रोल छैन र तेस्रो– उच्चरक्तचाप छ, दबाइ खान्छ र कन्ट्रोल पनि छ, उद्देश्य तेस्रो हुनुपर्छ ।”

नियमित व्यायाम, दैनिक करिब ३० मिनेटको फटाफट हिँडाइ, नून तथा चिल्लो कम सहितको सन्तुलित भोजन, योगा, तनावमुक्त जीवनशैली र विज्ञको परामर्शमा आवश्यक परे औषधि सेवन गरी रक्तचापलाई १३०/८० भन्दा कम राख्ने लक्ष्य राख्न उहाँले सुझाव दिनुभयो । चितवन मुटु अस्पतालका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी जाडो मौसममा उच्च रक्तचापसँगै मुटुको समस्या पनि बढी हुने बताउनुहुन्छ । उहाँले हृदयघात (हर्टयाट्याक) र हर्टफेलर हुनसक्ने जोखिम रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“उच्च रक्तचापसँगै दिमागको नशा फुट्ने र पक्षघात हुने हुन्छ, त्यसलाई स्ट्रोक भनिन्छ ।”

डा. लौडारीले अगाडि भन्नुभयो,“जाडो मौसममा हातखुट्टाको रक्तनली खुम्चिने गर्दछ, (जसलाई पेरिफेरल भ्यासोकन्स्ट्रीक्सन स्ट्रोक भनिन्छ ।)” धेरै चिसोमा हिँड्डुल नगर्न सुझाव दिँदै उहाँले घाम लागेको समयमा र चिसो कम भएको समयमा हिँड्डुल गर्न सुझाव दिनुभयो । नून, चिल्लो पदार्थ कम गर्न, मदिरा र धूमपान सेवन नगर्न, नियमित व्यायाम गर्न, मधुमेह, कोलस्ट्रोल र उच्च रक्तचापको नियमित परीक्षण गर्न उहाँले सुझाउनुभयो । रासस

  • रक्तचाप
मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र
इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल
टुकुचा खोला उत्खननमा ‘ब्रेक’, उच्च अदालतले गर्यो जग्गाधनीको पक्षमा फैसला

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.