• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

काठमाडौंमा विनासकारी भूकम्पको खतरा, यस्तो छ कारण

काठमाडौं । जमिनमुनि शक्ति सञ्चय हुने क्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौंको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पका क्रममा युरासियन भौगर्भिक प्लेट सर्दा उत्पन्न भएको ऊर्जा गोरखाको जमिनमुनिबाट दोलखा–रामेछाप हुँदै उत्तरबाट दक्षिणतर्फ चिप्लिएर काठमाडौंको जमिनमुनि आइपुगेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।

उनले प्रस्ट्याए, “काठमाडौं उपत्यकादेखि तराईको जमिनमुनि जम्मा भएको भूकम्पीय शक्ति चिप्लिएन । त्यस्तो शक्ति तराई हुँदै बाहिर ननिस्केसम्म काठमाडौंमा अर्को ठूलो भूकम्पको जोखिम उच्च बनेको हो ।”

त्यसरी जमिनमुनि जम्मा भएको भूकम्पीय ऊर्जाको शक्ति भूकम्प आएपछि नै जान सम्भव हुन्छ । तर कहिले जान्छ भन्ने कुराको पूर्वानुमान गर्न नसकिने अधिकारीले बताए । उनका अनुसार जति ढिलो भयो, त्यति ठूलो भूकम्प जाने सम्भावना रहन्छ ।

नेपालको उत्तरी क्षेत्रको गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको शक्ति पूर्वमा दोलखासम्म आएको केन्द्रको तथ्याङ्क विश्लेषणले बताउँछ ।

त्यसको असर काठमाडौंमा पनि पर्यो तर काठमाडौंदेखि दक्षिणतर्फको करिब ७० किलोमिटर तराई छुने भू–भागभित्र भूकम्पीय शक्ति गोरखा भूकम्पले बाहिर निकाल्न सकेन र त्यसैले अर्को ठूलो भूकम्पको जोखिम बढेको गोरखा भूकम्पपछि भएका धेरै अध्ययन तथा विश्लेषणपत्रले देखाएका छन् ।

विक्रम संवत् १९९० को भूकम्प करिब आठ रेक्टर स्केलको गएको अनुमान छ । त्यसपछि केही महिनासम्म मात्र त्यसका परकम्पन गएका थिए । त्यसबेलामा तराईका भू–भागसम्म असर पर्दा जमिनमुनि जम्मा भएको सबै शक्ति बाहिर निस्किएको अनुमान गरिन्छ ।

काठमाडौंमा सन् १३१०, १३४४, १४०८, १६८१, १८३३ र सन् २०१५ मा भूकम्पका ठूला धक्का महसुस गरिएका थिए । अब आउने अनुमान गरिएको भूकम्प काठमाडौं र पूर्वी भेगमा मध्यम स्तरका भूकम्प आएर त्यो शक्ति बिस्तारै तराई हुँदै बाहिर निस्कन्छ वा एकै पटक ठूलो विपत् आउँछ त्यो भने भविष्यकै गर्भमा रहेको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला बताउँछन् ।

तुलनात्मक रूपमा सिन्धुपाल्चोक, गोरखा, धादिङको अनुपातमा काठमाडौं केन्द्रबिन्दु भएर साना भूकम्प एकाधमात्र गइरहेका छन् । उहाँका अनुसार काठमाडौंमा ठूलो भूकम्प जाँदा क्षति बढी हुन सक्छ । गोरखा भूकम्पकै मापनको भूकम्प आयो भने त्यसबेला हल्लाएको भन्दा झन्डै दस गुणा बढी जमिन हल्लने भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

उनले यसअघि काठमाडौंमा भूकम्पीय जोखिमका विषयमा छुट्टै अध्ययन गरेका छन् । उनका अनुसार गोरखा भूकम्पको शक्ति नेपालको पश्चिमतर्फ सर्नुपर्ने थियो तर उत्तरी भेग हुँदै काठमाडौं आइपुगेर थामिएका कारण यहाँ शक्ति जम्मा भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

  • भूकम्प
आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?
भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए
डेढ लाख घुससहित खाद्य विभागका इञ्जिनियर पक्राउ

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • २.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ३.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ४.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ५.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ६.
    लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.