१. सरकार देखि निजी क्षेत्र स्वयंले कालो व्यापार अन्तर्गत हवाई जहाजहरु समेत पनि पुरानो, थोत्रो कमजोर वा कमसल गुणस्तर देखि लिएर तोकिएको मापदण्ड विपरितका जहाजहरू खरिद गर्ने वा गराउने गर्छ ।
२. हो, नेपालमा पुरानो इन्जिन भएको जहाज पनि चलाउने गर्छन् । अनुगमन निकाय छैन, अर्थात् अनुगमन गर्दैनन । प्राविधिक पक्षको त यहाँ झन् मतलब छैन । इन्जिनियर हो, तर नेताका पछि लागेर एयर लायन्समा जागिर खान बाध्य देखिन्छ । व्यापारिको आफ्नो इमान जमान र नैतिकता छैन, किनभने उसको व्यापार स्वयममा अनैतिक हर्कतबाट सृजित भएको हो ।
३. काला व्यापारीहरु यति मैमत्त भएका छन् कि, उसलाई झन् मतलब छैन, हुने कुरै रहेन । यसै सिलसिलामा दुई तीन वर्ष अगाडि एउटा साहु आफू पनि यस्तै प्रकारको मृत्युको मुखमा पुग्यो ।
४. उसको मृत्यु पछि, उसको नाममा लगानी गरेका यो देशका केही ठूला नेताहरु बीच कीच किच भएको कुरा बाहिर आएको थियो । अर्थात् यहाँ ब्यापार छैन, कालो पैसाको व्यवस्थापन गर्ने गराउने काम भइरहेको हुन्छ ।
५. कमिसनका लागि, छिटो नाफा कमाउने धन्दा स्वरूप आदि इत्यादि अनेक प्रकारका उदेश्य अंतर्गत धमाधम पुरानो मात्र होइन सिंगल इन्जिनवाला जहाजहरुलाई नेपालमा यात्रु जहाजको रूपमा तारा एयर, यति एयर देखि खती एयरसम्मले सरकारका मान्छेसंग मिलेर जबर्जस्ती मानिसहरूलाई मृत्युको मुखमा पुर्याएका छन् ।
६. जस्तै: सिंगल इन्जिनवाला जहाज बाहिरी देशतिर यात्रु जहाजको रूपमा चलाउन पाइँदैन । तर यहाँ यही प्रकारका जहाजको बाहुल्य छ, बहाल वाला पर्यटन मन्त्री मार्फत करोडौं रुपैयाँको चलखेल गराउँदा रहेछन् यसको लागि समेत ।
७. यो प्रकारको चरम बेथितिसम्म पुग्दाको समयसम्म आउदा नेपाल सरकारका सम्बन्धित सम्पूर्ण निकायहरु वा अधिकारीहरू पनि त्यो अनियमिततामा मुछिसकेको हुँदा, राज्य दण्डहीनताको अवस्थामा पुगेको छ । कसले कसलाई कारबाही गर्ने यहाँ ?
८. छानबिनको नाममा अब दुई चार दिन मानिसहरूलाई मूर्ख बनाएर, “…..पाइलटको असावधानीको कारण दुर्घटना भएको…..” भन्ने रेडिमेड रिपोर्ट बनाइने छ किनकि त्यो पाइलट यो संसारमा छैन । ताकि कालो धन्दा यथावत रहने भयो ।
९. नेपाल हो, जसलाई पर्यो पर्यो । यही हाम्रो नियति भएको छ ।
ए पोख्रेल
अस्तु ।