काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ चौहर्वामा हाइड्रोजन ग्यास भरिएको सिलिन्डर पड्किँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा वाणगंगा–८ सिसेनीका अन्दाजी ६५ वर्षीय नासिद अहमद पाखिया छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सँगै रहेका नासिदका बुवा र छोरा घाइते भएका छन् ।
वाणगंगामा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा घटना भएको हो । बेलुनमा भर्ने हाइड्रोजन ग्यास भरिएको सिलिन्डर पड्किएर विस्फोट हुँदा घटना भएको प्रहरीले जनाएको छ ।