के सुन्नु पर्छ ? के देख्नुपर्छ र के के भोग्नु पर्छ नेपाल भन्ने देशमा ? फेरि देशमा नयाँ नाटक प्रदर्शन गरिदैं छ ।
१. फेरि पनि चार पाँच जना उपप्रधान मन्त्री नियुक्त भए !
२. अझ त्यो पनि पोखराको जहाज दूर्घटना देखाएर, देशलाई नै सार्वजनिक बिदा घोषणा गरेर, आफु आफू शासकहरु चाहिँ मन्त्री पदको बाडफाडमा व्यस्त हुन् अलिकति पनि लाज लागेन तिमीहरूलाई ?
३. हे दैव, हरामीहरुको हातबाट नेपाल चुर्लुम्म डुब्यो ! कसले उद्दार गर्ला नेपाललाई ? मूर्ख देखि दैव डरा! भन्ने उखान चरितार्थ भएको छ सिंगो देशकै हकमा । कसरी पार पाउने होला हामीले ?
४. हेलो जनता जनार्दन हामी अब साँच्चै जाग्नु पर्ने भयो । उठौ जागौ।
३. नेपाललाई माथी उठाउने नायक अझै देखा परेको छैन, आशा गरौं त्यो नायक छिट्टै आउने छ हामी बिचमा र हरामिहरुलाई कानुनको ब्यबस्था गरेर टुँडिखेलमा झुन्ड्याउने छ ।
४. त्यसैले सच्चा नायकको खोजी गरौं, नायकलाई अगाडि बढ्ने वातावरण श्रृजना गरी सिंगो नेपाललाई समृद्धिको बाटोमा अगाडि बढाउने कोशिस गरौं । यही हाम्रो अन्तिम सत्य हो । यही बाटोमा अगाडि बढौ । छिटफुट झिल्के नेता र देश डुवाउने पार्टीकाे पछाडि कुद्न छोडौं ।
५. के हामी छिट्टै त्यो बाटोमा हिडौला वा यसरी नै अलमल गरौंला ? तर कहिलेसम्म ?
अस्तु ।
अम्बरीश पोख्रेल ।