• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

काठमाडौं । दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुग्नुभयो । सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गर्नुभयो ।

प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए । जब बच्चा जन्मिने बेला भयो, झ्याप्प बिजुली गयो ।

बच्चा जन्मिनै लागेकाले स्वास्थ्यकर्मीले हतार–हतार खल्तिमा रहेको मोबाइल निकाले । मोबाइलको लाइट बाले । मोबाइलको लाइटकै भरमा तीनजनालाई सुत्केरी गराएको स्वास्थ्यचौकीकी अनमी माधुरी नेपाली बताउनुहुन्छ ।

“धेरै पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा काटिने विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ”, नेपाली भन्नुहुन्छ, “बर्थिङ सेन्टरजस्तो संवेदनशील ठाउँमा बत्तीको भरपर्दो व्यवस्था छैन ।”

स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताउनुभयो । “हामीले ब्याट्री राखिदिन गलकोट नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गर्दैआएका छौँ तर सुनवाई भएको छैन”, उहाँले भन्नुभयो ।

बेलाबेलामा बिना सूचना काटिने विद्युत्ले यहाँका स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ । बर्थिङ सेन्टर रहेको स्वास्थ्यचौकीमा चालु आर्थिक वर्षमा १९ जना सुत्केरी भएका छन् । अधिकांश रातिको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले विद्युत् काटिएका बेला समस्या भोग्ने गरेका हुन् ।

“एक त हामीसँग प्रयाप्त जनशक्ति छैन, भएको जनशक्तिले काम गरिरहेका बेला एकजनाले मोबाइलको लाइटको व्यवस्था गर्नुपर्छ”, कार्कीले भन्नुभयो, “हामीसित मोबाइल कोखमा च्यापेर सुत्केरी गराएका धेरै अनुभव छन् ।”

यो समस्या गलकोट नगरपालिकाका स्वास्थ्य संस्थामा मात्रै होइन, बागलुङका अधिकांश स्वास्थ्य संस्थामा छ । स्थानीय तहले विद्युत्को वैकल्पिक व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीले आकस्मिक उपचार तथा प्रसूतिको समयमा सास्ती ब्यहोर्नुपरेको हो ।

बर्थिङ सेन्टर रहेको बरेङ गाउँपालिकाको बाटाका चौर स्वास्थ्यचौकीमा पनि बैकल्पिक ऊर्जाको समस्या छ । छिमेकी जिल्ला गुल्मी हुँदै बरेङ ल्याइएको केन्द्रीय प्रसारण लाइनको विद्युत् सामान्य हावा चल्दासमेत अवरुद्ध हुने गरेको छ ।

“एक पटक गयो भने तीन चार दिन विद्युत् आउँदैन्, ब्याकअप नहुँदा सबैभन्दा समस्या सुत्केरी गराउने बेला हुन्छ”, स्वास्थ्यचौकीका निमित्त प्रमुख धर्मप्रकाश थारुले भन्नुभयोे, “बर्थिङ सेन्टरलाई संवेदनशील मानेर आवश्यक पूर्वाधार तयार गर्नुपर्छ ।”

विद्युत् नहुँदा मोबाइलकै भर पर्नुपरेको उहाँले सुनाउनुभयो । बरेङ गाउँपालिकाले भने केही स्वास्थ्य संस्थामा विद्युत् नभएका बेला वैकल्पिक प्रयोगका लागि ‘ब्याकअप’ जडान गरेको छ । धुल्लुबास्कोट स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा जडान गरिएको ‘ब्याकअप’ले सहयोग पुगेको अनमी अनिसा आचार्यले बताउनुभयो ।

गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा ‘ब्याकअप’ पु¥याउने योजना बनाएको छ । “क्रमैसँग सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउँछौँ, एकै पटक बजेटका कारण सम्भव छैन्”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो । रासस

  • सुत्केरी
बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?
भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए
डेढ लाख घुससहित खाद्य विभागका इञ्जिनियर पक्राउ

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • ३.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ४.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ५.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ६.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.