काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सिभिल मलमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्ने एक युवालाई प्रहरीले उद्धार गरेको छ ।
अहिले उनलाई उद्धार गरी वीर अस्पताल लगिएको छ । घटना बारे प्रहरीले अनुसन्धान थालेको काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए ।