एजेन्सी । सनी देओल फेरि एक पटक विद्रोह गर्न तयार छन्, तर दुश्मन पहिलेभन्दा खतरनाक बनेको छ । देश विभाजनमा आधारित ‘गदर’को कथा, गीत र सकिनासँग तारा सिंहको मायाले सबैको मन जितेको थियो ।
त्यसैले फिल्म निर्माताहरूले मुख्य स्टारकास्टमा कुनै परिवर्तन गरेका छैनन् । अमिषा पटेल र सन्नी देओल फेरि एकपटक सकीना र तारा सिंहको भूमिकामा देखिनेछन् र दुवैले यो भूमिका निभाउनका लागि निर्माताहरूबाट पर्याप्त पारिश्रमिक लिएका छन् ।
सनी देओल र अमिषा पटेलबिनाको ‘गदर २’को कल्पना पनि निर्माताका लागि सम्भव थिएन । उनीहरु बीचको अनस्क्रिन केमेस्ट्रीलाई दर्शकले अझै बिर्सेका छैनन्, त्यसैले ‘गदर २’ को सुटिङसँग सम्बन्धित तस्विर वा भिडियो भाइरल भइरहेका छन् ।
खबरको विश्वास गर्ने हो भने सनी देओलले फेरि तारा सिंहको भूमिका निर्वाह गर्न ५ करोड भारु लिएका छन् । ४६ वर्षीया अमिषा पटेल ‘गदर २’ मार्फत फेरि आफ्नो जादू फैलाउन तयार छिन् । मिडिया रिपोर्टका अनुसार अभिनेत्रीले सकीनाको भूमिकाका लागि २ करोड पारिश्रमिक लिएकी छन् ।
उत्कर्ष शर्माले फेरि सकीना र तारा सिंहका छोरा ‘जीते’को भूमिका निर्वाह गर्नेछन् । ‘गदर’ को त्यो प्यारो बच्चा अहिले जवान भइसकेको छ । ‘गदर २’ मा उनी ६६ वर्षीय सन्नी देओलसँग दुश्मनको धुलो चाट्दै देखिनेछन् । उनलाई फिल्म निर्माताले एक करोड पारिश्रमिक दिएका छन् ।
‘गदर २’मा सिमरत कौरको पनि महत्वपूर्ण भूमिका छ, जसका लागि निर्माताले उनलाई ८० लाखमा साइन गरेका छन् । लव सिन्हा पनि ‘गदर २’मा प्रवेश गरेका छन् । रिपोर्टमा विश्वास गर्ने हो भने निर्माताले उनलाई ६० लाख रुपैयाँ पारिश्रमिक दिएका छन् ।
अनिल शर्मा निर्देशित ‘गदर २’ यसै वर्षको अगस्ट ११ मा रिलिज हुने योजना छ । फिल्मले बक्स अफिसमा रणवीर कपूरको ‘एनिमल’सँग प्रतिस्पर्धा गर्नेछ ।