• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

मलाई नि पद उसलाई नि सत्ता, खै कहाँ छ जनताको सरकार ?

प्रतिनिधि सभाको निर्वाचन २०७९ पश्चात नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र नै देशका तीन ठूला दल बन्न सफल भए । यद्यपि नयाँ दलहरुको उदय तथा राप्रपाको छलाङले देशमा केहि सकारात्मक परिवर्तन आउँछ कि भन्ने आम जनताको विश्वासमा केहि हदसम्म अहिले बेक्र लगाइदिएको छ ।

पुरानो बोतलमा नयाँ खोल भनेझै उदाएको नयाँ दल एवम् राजतन्त्रको ओकालत गर्ने पाटी समेत सत्ताको खेलमा रुमलिएको देख्दा लाग्छ, यहाँ कोही जनताका लागि अगाडी आएका होइनन् सबै सत्ता स्वार्थमा लिप्त छन् । यसो हेर्दा लाग्छ उनीहरु मन्त्री बनेर देशलाई विकासको बाटोमा अगाडी बढाउन होइन् कसरी राज्यको सम्पत्ती दोहन गर्न सकिन्छ भन्ने उपाय खोजिरहेका छन् ।

नेपाली आम जनता देशमा रोजगार नपाएर विश्वका विभिन्न मुलुकहरुमा पलायन भइरहँदा सरकार रोजगारीको अवसर कसरी सृजना गर्ने तर्फ होइन् संघ, प्रदेश र स्थानिय तहमा कसरी आफ्ना दलको कार्यकत्तालाई व्यवस्थापन गर्ने भन्ने तर्फ लागि परेका छन् । यहाँ कसैलाई जनताको सरोकारका विषयमा काम गर्ने मन्त्रालय होइन कता बजेतको दोहन गर्न सकिन्छ, त्यतै कुद्ने मनसाय देखिन्छ ।

हाम्रै आफ्ना दाजुभाई, आमाबुवा तथा दिदीबहिनी खाडिका मुलुकहरुमा बन्दि जीवन विताउन बाध्य हुनु भएको छ । के सरकारलाई थाहा छ, विदेश पलायन भएका लाखौँ लाख नेपाली श्रमजिविहरुको अवस्था कस्तो छ ?

अहिले हाम्रो गाँउ घर मात्र होइन् सहर पनि युवा विहिन हुने अवस्थामा पुगेको छ तर राजनितीमा होमिएकाहरुको उदेश्य जसरी होस् सत्ता आफ्ना हातमै रहोस् भन्ने चाहन्छन् । पासपोर्टको खेति यसरी मौलाएको छ कि खेत बाझै छ तर कोहि पढाईका निम्ती त कोहि रोजगारीको अभावमा पलायन भइरहेका छन् । देशको यस्तै अवस्था रहि रहँदा अब आउने पुस्ताले मेरो प्यारो देश भनेर गर्भ गर्न सक्छन् होला र ?

यस वर्ष स्थानीय तह देखि संघिय सरकारको निर्वाचन पनि सम्पन्न भयो जसमा जनताले पनि कसैलाई देश संचालन गर्नुस् भनेर मतदान गरेनन् । यसो सोच्दा लाग्छ जनता पनि यति आर्जित भएका छन् कि उनीहरु पनि चाहन्छन् कि सबै दलहरु मिली देश लुटुन !

अब स्थानिय तहको कुरा गरौं । स्थानीय तहको निर्वाचन भएको ८ महिना बितिसकेको छ तर खै जनताको काम ? स्थानीय तहले सर्वसाधारणमा विकास, सुशासन र परिवर्तनको मुल फुट्ने अपेक्षा गरिएको थियो । तर, आफू अगाडी भएको फल समेत खान नसके जस्तो आखाँ तरि मर भने सरह भएको छ ।

आफ्नो मतबाट जनप्रतिनिधि चुनिँदा सारा दुःखका दिन गए भन्ने सोचेका जनता अहिले खै के प्रगती भयो भनेर प्रश्न सोध्ने अवस्थामा पुगिसकेका छन् । स्थानीय तहमा भ्रष्टाचार घट्नुको सट्टा झन् बढेको छ । एकतिर कर तिरेर आनन्दले बसेका जनता कहिले यता त कहिले उता भन्दै कुदिरहेका छन् । खै जनताका लागि सेवा सुविधा ?

काठमाडौंको मेयरमा बालेन आए, सबैको आशाको त्यान्द्रो बने तर खै दिगो विकासका कार्यक्रम ? दोजर लगाएर घर तहरा भट्काउँदै हिडेका मेयरले अहिलेसम्म विकासको अवधारणा ल्याउन पनि सकेका छैन् । ट्राफिक व्यवस्थापन देखि सडक एम्बुलेन्सका कुरा सुन्दा गदगद भएको म अहिले यसो हेर्छु जताततैका ट्राफिक लाइटले काम समेत गर्न छाडेका छन् । विरोध पश्चात आफ्नै पैसाले शालिक बनाउँछु भन्नुभएका मेयर साहेब सबैतिर अलपत्र बनाएर मात्र हिड्नु भएको छ ।

अब कुरा गरौं जनताको आशा भरोसाका केन्द्र विन्दु बन्नु भएका रविजी । उहाँ पनि सत्ता मोहमा पर्नु भएको हो कि आफूले गरेको गल्ती लुकाउन हो पदका लागि जे पनि गर्न तयार हुनुभएको छ । पक्राउ सुचीमा रहेका व्यक्तीसँग काधँमा काधँ मिलाएर अघि बढेर पनि मैले देखेको छैन, प्रहरीलाई आदेश दिएको छु भन्दै कहिले खाली बसमा उभिएर त कहिले आफूले पहिले गाली गरेकै पदमा सयन गर्दै रमाइरहेका देखिन्छन् ।

हाम्रा लिङ्देनजी हिन्दु राष्ट्र र राजतन्त्रको ओकालत गर्दै हिड्नु भएको थियो तर अहिले उहाँ पनि सत्ता स्वार्थमा लिप्न हुन पुग्नु भएको छ । प्रदेश सरकारको विरोध गर्दै आउनु भएका उहाँ प्रदेशमा मन्त्री पदमा पनि बार्गेनिङ गरिरहनु भएको सुनिन्छ । भष्ट्रचार गर्नु आमाको रगत खानु सरह भन्ने मूल मत्र सहित अगाडी बढ्नु भएका उहाँले जनताका निम्ती कस्तो कदम चाल्नु हुनेछ, त्यो भने हेर्नै बाकी छ ।

अब हामी केन्द्रीत हौं, धरानका मेयर हर्कजी तर्फ । एक्लै चुनावमा होमिएर उहाँले पाउनु भएको सफलता कल्पना बाहिरको कुरा थियो । तर, मान्छेले आफ्नो पद मर्यादाको ख्याल गर्दै अगाडी बढ्नु पर्ने हो जुन उहाँमा देखिँदैन । निति नियम बनाउने पदमा बसेर ढुङ्गामा कतिन्जेल रमाउने ? पानी ल्याएर सबैको मन त जित्नु भयो अब के पाँच वर्ष नै ढुङ्गा मात्र बोक्ने हो र ? कि नगरका सबै समस्या समाधान भएर विकाशसिल क्षेत्र बनिसकेको हो ?

यसरी सबै माथि केन्द्रीत भइरहँदा तीन ठूला दलको देश विकासमा केहि दायित्व छैन होला र ? भन्ने प्रश्न आउनु जायज छ तर आशा भरोसा गरेकाबाटै गरिएको आशा, भरोसामा प्रहार हुन्छ भने आम जनताले कस्को विश्वास गर्ने ? खै जनताका लागि काम गर्ने व्यक्ती या दल ? भष्ट्रचार नियन्त्रणका लागि स्थापना गरिएको संस्थाले सधै साना माछा मात्र समातेको सुनिन्छ, ठूलालाई त घरमै लगेर पकाएरै खाएकै त होला । छानविनमा जाने हो भने यहाँ दुधले नुहाएको नुहाएको भेट्न सम्भव होला र ?

  • सत्ता
शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?
के सुन्नुपर्छ, के देख्नुपर्छ र के के भोग्नुपर्छ नेपाल भन्ने देशमा ? फेरि देशमा नयाँ नाटक प्रदर्शन
विश्वका लागि असामान्य प्लेन दुर्घटना, नेपालमा किन सामान्य बनाइयो ?

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • ३.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ४.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ५.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ६.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.