• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ७. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • ९. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

  • १०. सर्वोच्चको फैसला पश्चात रवि भन्छन्- ‘म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभयो ?’

यस्तो देश जहाँ मासुभन्दा महँगो छ प्याज

बीबीसी । विश्वका कैयौँ देशमा प्याज एउटा आधारभूत खाद्यपदार्थ हो भने मासु विलासी । तर फिलिपिन्सको कथा भने अलि फरक छ । त्यहाँ प्याज मासुभन्दा निकै महँगो छ ।

केही एशियाली देशमा सन् १५२१ देखि १९९८ सम्म स्पेनको अधीनमा रहँदादेखि नै खानामा प्याज र लसुन प्रयोग गर्ने बानी परेको थियो र यसले एशियाली परिकारमा व्यापक प्रभाव पार्‍यो ।

तर झन्डै एक महिनाको अवधिमा फिलिपिन्सका सर्वसाधारणका लागि प्याज एक विलासी खाद्यवस्तु बन्न पुगेको छ । मूल्य बढेर प्याज कुनै पनि प्रकारको मासुभन्दा महँगो हुन पुगेको छ ।

चार डलर (हालको विनिमयदरअनुसार ५२१.३६ रुपैयाँ) मा कुखुराको मासु पाइने फिलिपिन्समा यो साता एक किलो रातो अनि सेतो प्याजको मूल्य ११ डलर (१,४३३.७५ रुपैयाँ) सम्म पुगेको छ ।

त्यो मूल्य फिलिपिनोहरूको दैनिक न्यूनतम ज्यालाभन्दा बढी हो । फिलिपिन्समा अहिले दैनिक ज्याला झन्डै नौ डलर छ (१,१५० रुपैयाँ) भन्दा केही बढी छ ।

मूल्य बढेसँगै सरकारी निकायहरूले गैरकानुनी रूपमा आयात गरिएको प्याज नियन्त्रणमा लिन थालेका छन् । ज्यानुअरीमा लुगा भनेर चीनबाट ३,१०,००० डलर बराबरको प्याज आयात गर्ने प्रयास विफल पारिएको थियो ।

सामाजिक सञ्जालमा फिलिपिनोहरूले सरकारको आलोचना गरिरहेका छन् । अहिलेको अवस्था उत्पन्न हुनुमा सरकारको पनि दोष रहेको धेरैको बुझाइ छ ।

“गुडबाई चकलेट, हेलो प्याज ! फिलिपिन्समा ल्याउने सबैभन्दा उत्तम उपहार बन्ने सम्भावना प्याजको छ ।” अमेरिकामा बस्ने फिलिपिन्सका एक नागरिकले ट्विटरमा लेखेका छन् ।

“साउदी अरबबाट फर्कँदा चकलेटको सट्टा हामी प्याज ल्याउँदै छौँ,” अर्का प्रयोगकर्ताले लेखेका छन् । अमेरिका भ्रमणमा रहेका अर्का एक प्रयोगकर्ताले प्याजको धुलो भरिएको बट्टाको तस्बिर पोस्ट गरेका छन् ।

फिलिपिन्समा प्याज महँगो हुनुको कारण के हो ?
निकोलस मापाका अनुसार यसका दुई प्रमुख कारण छन् । गत अगस्टमा कृषि विभागले गरेको प्रक्षेपणले प्याजको उत्पादन माग भन्दा घट्ने सङ्केत गरेको थियो।तर उत्पादनको स्थिति भने अपेक्षा गरिए भन्दा पनि कम रह्यो ।

अगस्ट र सेप्टेम्बरको बीचमा आएको समुद्री आँधीका कारण फिलिपिन्समा व्यापक प्रभाव पर्‍यो । “दुर्भाग्यवश मूल्य बढिसकेपछि प्याजको आयात ढिलो गरी सुरु भयो, फेब्रुअरी महिनामा प्याज टिप्ने बेला हुन्छ,” ती अर्थशास्त्रीले भने ।

अवस्था सामान्य बनाउँदै मूल्य नियन्त्रण गर्नका लागि सरकारले ज्यानुअरीको पहिलो साता दुई करोड २० लाख टन प्याज आयात गर्न स्वीकृति दिएको थियो ।

कृषि विभागका सल्लाहकार समेत रहिसकेका फर्मिन एड्रियानोजस्ता केही विज्ञका अनुसार यो अहिलेको प्रशासनको गम्भीर असफलता हो । उनको विचारमा सरकारले स्वदेशी उत्पादन कम हुने थाहा पाएकाले कम्तीमा पनि अपेक्षित मागको आपूर्ति मिलाउन पर्याप्त आयात गर्न आदेश दिनुपर्थ्यो ।

  • कृषि
शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सेनामा भर्तीका लागि महिलाको भर्जिनिटी टेस्ट, असफल हुँदा यस्तो सजाय
आफ्नै भाईसँग विवाह पश्चात युवती भइन् गर्भवती !
१७ वर्षको उमेरमा गुमाइन् कुमारीत्व, ८ लाख खर्चेर फर्काइन् भर्जिनिटी !

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

ताजा समाचार

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • ३.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ४.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ५.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ६.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.