• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

मुलुक अप्ठ्यारो अवस्थामा छ, दलहरुबीच गहिरो एकताको खाँचो : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ ।

प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै उहाँले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको बताउनुभयो ।

“राष्ट्रिय सहमति गरौँ, सबैले मिलेर राष्ट्र निर्माण गरौँ, देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा जुटौँ”, उहाँले भन्नुभयो, “नेपालको आकाशबाट निरासाको कालो बादल हटाउन राष्ट्रिय सहमतिको वातावरण बनाऔँ ।”

आफू पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा रहेको जनाउँदै उहाँले देशलाई अप्ठयारो परेको अवस्थमा सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो ।

“देशमा सुशासनको आवश्यकता छ । अहिले कुशासन व्याप्त छ । हामीले शासनप्रणाली विकेन्द्रित ग¥यौँ, तर भ्रष्टाचार तलसम्म गएको छ”, नेता पौडेलले भन्नुभयो, “एउटा दलको आड लागेर भ्रष्टाचारी जोगिने अवस्था छ । त्यसलाई निरुत्साहित गर्न सबै दल एक ठाउँमा उभिनु जरुरी छ । सुशासनका लािग एकताका आवश्यकता छ ।”

मुलुकको विकासका लािग आर्थिक स्रोतका कमी हुँदै गएको जनाउँदै उहाँले अनुदान दिने प्रवृत्ति पनि कम हुँदै जाँदा मुलुकको विकास निर्माण प्रभावित हुन सक्ने खतरा रहेको औल्याउनुभयो ।

“अर्थतन्त्र धान्न नसक्ने अवस्थातर्फ जाने देखिँदै छ । सामाजिक सुरक्षाको खर्च बढिरहेको छ । यो खर्च कसरी उठाउने ?”, उहाँले भन्नुभयो, “निर्मम शैली अपनाएर खर्च कटौती गर्नु जरुरी छ ।”

विप्रेषण (रेम्यिान्स) को भरमा मात्र मुलुक चल्न नसक्ने उल्लेख गर्दै उहाँले विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा खर्च गर्ने वावावरण बनाउन आग्रह गर्नुभयो ।

“रेमिमट्यान्सले कति दिन धान्छ ? रेमिटयान्स आउँछ उत्पादन क्षेत्रमा खर्च भइरहेको छैन । अनुत्पादन क्षेत्रमा खर्च भइरहेको त्यसलाई उत्पादन क्षेत्रमा मोड्ने कसरी ?”, नेता पौडेलले भन्नुभयो, “त्यसका लागि सबै दलहरु एक हुनुपर्ने आवश्यकता छ ।”

प्राप्त राजनीतिक उपलब्धिलाई चुनौती दिने तत्व अझै जुर्मुराइरहेको जनाउँदै उहाँले संविधान ल्याउन लागेको दलहरु प्राप्त उपलब्धि जोगाउन एक ठाउँमा हुने की नहुने ? भन्ने प्रश्न आमरुपमा उठेको बताउनुभयो ।

“कांग्रेस र कम्युनिष्ट मिलेर नेपालमा प्रजातन्त्र र लोकतन्त्र आएको हो, अब त्यसलाई रक्षा गर्न कांग्रेस र कम्युनिष्ट एक ठाउँमा हुने की नहुने ?”उहाँले भन्नुभयो ।

दलहरुको विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको जनाउँदै उहाँले लोकतन्त्रलाई जोगाएर अगाडि लैजान सहमतिको आवश्यकता रहेको बताउनुभयो ।

“सामाजिक, सांस्कृति मूल्यको स्खलन डरलाग्दो छ । यसबाट मुक्त हुन एक हुने कि नहुने”, उहाँले भन्नुभयो, “निरासाका घन्टीहरु बढिरहेका छन्, नकारात्मक प्रवृत्ति आइरहका छन्, ती असन्तुष्टिलाई सम्बोधन गर्ने दायित्व हाम्रो हो कि होइन ?”

पछिल्ला समय मुलुकमा राजनीतिक नेतृत्वको अभाव र राष्ट्रिय आत्मविश्वासको अभाव हुँदै गएको महसुस हुन थालेको उहाँको भनाइ छ । “सत्ताको राजनीतिको दबदबा, निष्ठाको राजनीतिक किनारा लाग्दै गएको छ ।

निष्ठाको राजनीतिलाई जोगराउन एकताको खोजी गर्नुपर्नेछ”, नेता पौडेलले भन्नुभयो, “नेतृत्वले विश्वास गुमाएको अवस्था हो । त्यसलाई महसुस गरौँ ।” सकारात्मक सोच, सहमति ,सहकार्यको सोचबाट मात्रै राष्ट्रिय नेतृत्व प्राप्त हुन सक्ने उहाँको विश्वास छ ।

विधिको शासन नै लोकतन्त्र भएको जनाउँदै उहाँले विधिको सशासनलाई सबैले मान्नुपर्ने बताउनुभयो । “सभामुखले पूर्वाग्रही विचार राख्नु हुँदैन, यसबाट जोगिएर काम गर्नुहोला । सभामुखले निष्पक्षरुपमा काम गर्दा संसदमा आरोपप्रत्यारोप हुन सक्छ, त्यसतर्फ सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो । रासस

  • नेपाली कांग्रेस
  • रामचन्द्र पौडेल
मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’
चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?
‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • २.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ३.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ४.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ५.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ६.
    लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.