एजेन्सी । केएल राहुल अथिया शेट्टीले लामो समयसम्म डेटिङ गरेपछि अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुको विवाहबाट क्रिकेट जगतदेखि बलिउडसम्म खुसी छाएको छ ।
सुनील शेट्टीले खण्डालाको फार्महाउसमा आफ्नी प्यारी छोरीको विवाहपछि पापाराजीलाई मिठाई पनि बाँडेका छन् । विवाहपछि सुनिलले एक नभई २ वटा ग्राण्ड रिसेप्शनको योजना बनाएका छन् तर विवाहपछि आथिया शेट्टी र केएल राहुलले रिसेप्सन मात्रै होइन हनिमुन पनि रद्द गरेका छन् ।
प्राप्त जानकारी अनुसार आथिया शेट्टी र केएल राहुल विवाहपछि हनिमुनमा जाने छैनन् । दुवैले आफ्नो प्रतिबद्धता र व्यस्त कार्यक्रमका कारण यस्तो निर्णय गरेका हुन् ।
केएल राहुल खेलमा व्यस्त
केएल राहुलले फेब्रुअरीमा अष्ट्रेलियाविरुद्ध घरेलु टेस्ट सिरिज खेल्नुपर्नेछ । बीसीसीआईले टोलीको घोषणा गरेको छ, राहुल टोलीको उपकप्तान छन् । पहिलो टेष्ट खेल ९ फेब्रुअरी देखि १३ फेब्रुअरीसम्म नागपुरमा हुनेछ । यो टेस्ट सिरिजपछि आईपीएल खेल्नुपर्नेछ । यही कारणले गर्दा आगामी ३ महिना क्रिकेटरहरु निकै व्यस्त कार्यक्रममा बाँधिएका छन् ।
आईपीएलपछि हनिमुन
योसँगै आथिया शेट्टी पनि आफ्नो व्यावसायिक प्रतिबद्धतामा व्यस्त छिन् । मिडिया रिपोर्टका अनुसार राहुल र आथिया हनिमुनका लागि युरोप जान सक्नेछन् । अर्कोतर्फ, सुनिल शेट्टीले विवाहपछि मिडियाको अगाडि आएर आइपिएलपछि ग्राण्ड रिसेप्शन हुने बताएका थिए ।
यसको मतलब राहुलले क्रिकेट म्याचको लागि अभ्यास गर्न थालेपछि आथियाले आफ्नो काम अगाडि बढाउने छिन् । जब दुबै स्वतन्त्र हुन्छन्, विवाहको रिसेप्शन दिइनेछ । मिडियासँग कुरा गर्दै मिठाई बाँड्दै सुनिल लुंगी स्टाइलको ड्रेसमा छोरा आहान शेट्टीसँग निकै खुसी देखिएका थिए ।