काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिका मेयर बालेन शाहको सामाजिक सञ्जालमा निकै आलोचन हुन थालेको छ । केही दिनयता सामाजिक सञ्जालमा मेयरले जुहारी खेल्न थालेपछि उनको आलोचना हुन थालेको हो ।
केही दिन अगाडि विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेलेका कारण आलोचनाको खेपेका उनले मंगलबार भने कलाकार दीपकराज गिरीले लेखेको एक स्ट्याटस कमेन्ट गरेपछि आलोचना सुरु भएको हो ।
कलाकार गिरीले लेखेका थिए, ‘हामीले काँग्रेस, एमाले र माओवादीलाई वर्षौ विश्वास गर्यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौँ ।’
गिरीको यो पोष्टमा रवि र बालेनको सपोट गरिएको छ । तर गिरीको पोष्टमा बालेनले कमेन्ट गरेका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि २, ३ जना छन् ? छन् भने किन ५ वर्ष कुर्नु र ? जसका कारण पनि उनी अहिले सामाजिक सञ्जालमा आलोचित भइरहेका छन् ।