काठमाडौं । सबै चाडवाड तथा मेलापर्वहरु सकेर सुदूरपश्चिमका युवाहरु भारततर्फ जान लागेका बेला नेपाली एजेन्टबाट नै ठगिने गरेको पाइएको छ । सुदुरपश्चिमको धनगढी हुँदै भारतको पलिया नाकाबाट सिधै बेङ्लोर पु¥याइ दिने भन्दै नेपालीहरुबिच बाटोमा नै अलपत्र पर्ने गरेका बसमा सवार यात्रुहरुले गुनासो पोख्न थालेका छन् ।
यहि माघ १० गते अर्थात जनवरी २४ तारिखका दिन धनगढीबाट बेङ्लोर पठाईदिने भन्दै धनगढी चौराहमा रहेको होटेल जयलक्ष्मीमा रहेको दिपक विष्ट संचालक भएको न्यु श्री पशुपतिनाथ जयलक्ष्मी टुर्स एण्ड ट्राभल्स प्रालि नामबाट सञ्चालित समिती मार्फत भारतिय नम्बरको बस भारतकै गाडी चालकको भरमा पठाएको र बाटोमा यात्रुहरुलाई सहयोग गर्ने उक्त समितीका प्रतिनिधि कोहि पनि नभएका कारण यात्रुहरुले सास्ती बेहोर्नु परेको सोहि बसमा यात्रा गरिरहेका ४८ वर्षका शङ्कर बलायरले दुखेसो पोखे ।
भारतिय क ५१ बि १२३० नम्बर प्लेटको बसको सिट क्षमता ७२ जनाको रहेको र उक्त बसमा बालबालिकासहित १०३ जना सवार रहेका छन् । जसमा दुई जनाको सिटमा ६ जना आउनु पर्ने बाध्यता यात्रुहरुलाई रहेको छ ।
रवि नाम गरेका बस चालक र गाडी साहुले यात्रु पठाउने समितिका ब्यक्तिहरुले बसको भाडा नपठाएको भन्दै भारतको कर्नाटकका देवापुर भन्ने ठाउँमा बिहिबार राती ११ बजेबाट शुक्रबारसम्म बस चलाउन बन्द गरिदिएका छन् ।
धनगढीको होटेल जयलक्ष्मीमा नै प्रती यात्रु ४ हजार नेपाली तिरेर पलियासम्म आइपुग्दा बसमा मान्छे राख्नका लागि नाम बताउन सजिलो हुने भन्दै सबै यात्रुहरुका काटेका टिकेट समेत थुतेर गाडी स्टाफ सङ्ग राखी दिए । उल्टै गाडीमा भएका सबै सामान निकाल्नु अनि आफुहरु गाडी धुन जान्छौ भनेर निस्केको बस यो समाचार तयार पार्दासम्म आईपुगेको छैन ।
बसका यात्रुहरु भन्छन्- भारत पुगेपछी नोकरी लागेपछी तिर्ने सर्तमा हामिले गाउँघरबाट सापटी निकालेर भारत जान लाग्यौ, त्यसैमा पनि हाम्रै नेपालका समितीका मानिसहरुबाट यस्तो ठगी हुनु दुखको कुरा भएको अधिकांश यात्रुहरुको गुनासो रहेको छ ।
बसका यात्रुहरु भन्छन्, ‘हामिले सिमित मात्रामा बेङ्लोर पुग्ने भाडा बोकेर हिसेका थियौ त्यो पैसा सबै सकिसक्यो अब के खाएर सम्बन्धित ठाउँमा पुग्ने हो थाहा छैन यसको जिम्मा कस्ले लिने ?’ भन्दै आफ्ना दुख पोखे ।