• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

४० वर्षको शिक्षण पेशापछि मौरीपालनमा जमेका चुर्णबहादुर १० लाख बढी कमाउँदै

काठमाडौं । केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उनको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्थे । नपुग्दो केही थिएन । गाउँमा पूर्वशिक्षकको मानमनितो छँदै थियो । तर ६१ वर्षीय उनले त्यो बाटो रोजेनन् । बिनाइलम समय खेर फाल्न रानाको मनले मानेन ।

जैमिनी नगरपालिका–७ जैदी, बोरका रानाले घरमा पहिले रहेका एक–दुई घार मौरीलाई व्यावसायिक रूप दिने योजना बनाए। विसं २०६२ तिर उनले रु तीन हजार ५०० तिरेर छिस्तीबाट एक घार मौरी ल्याएका थिए । वि.सं. २०७४ पछि मात्र रानाले मौरीपालन विस्तार गरे । अहिले उनकामा ४५ घार मौरी छन् । आउँदो वर्षभित्र सय घार पु¥याउने रानाको लक्ष्य छ ।

“विसं २०७० बाट घार थप्दै आएँ, व्यावसायिकरूपमा गर्न थालेको यस्तै तीन–चार वर्षजति भयो”, रानाले भने । उनले ‘फार्म’को व्यावसायिक नाम ‘कृषि तथा दीप मौरीपालन’ दिए । रानाले गएको याममा ५२ किलो मह बेचेको सुनाए । कात्तिक–मङ्सिर र वैशाख–जेठ गरी दुई याममा मह काढ्नुहुन्छ । प्रतिकिलो रु एक हजार २०० मा घरबाटै मह बिक्री हुने गरेको रानाको भनाइ छ ।

“मह गाउँमै खोसाखोस हुन्छ, उत्पादन गर्न सके बिक्रीको कुनै समस्या छैन”, रानाले भने । गाउँघरको महमा मिसावट नहुने र स्वास्थ्यवद्र्धक मानिने हुँदा ग्राहकको रोजाइमा पर्छ । रानाले मह बेचेर वर्षमा डेढ लाख जति आम्दानी हुने गरेको बताए । सय घार पु¥याउँदा कमाइ दोब्बरले बढ्ने उहाँको भनाइ छ । गत वर्ष कृषि ज्ञान केन्द्रबाट रानाको ‘फार्म’ले रु एक लाख ४६ हजार अनुदानसमेत पाएको थियो । सो अनुदानबाट व्यवसाय बढाएको रानाले बताए ।

“अनुदान र प्राविधिक सहयोग पाएमा मौरीपालन व्यवसाय बढाउँदै लाने सोचमा छु”, उनले भने, “कम लगानीले पुग्ने, समय पनि धेरै दिनु नपर्ने हुँदा मौरीपालन सहज छ, व्यावसायिक हुन सके आम्दानी पनि राम्रो छ ।” वि.सं. २०७७ असारमा शिक्षण पेशाबाट अनिवार्य अवकाश लिएपछि आफूले पूरै समय मौरीपालनमा दिन पाएको रानाले बताए ।

सुरुआतमा उनका कान्छा छोरा दीपेनले मौरीपालनमा रानालाई बढी सघाउथे । पछि छोरा दीपेन पनि भारतीय सेनामा भर्ती भएपछि व्यवसायको मुख्य भार रानामाथि नै छ । श्रीमती मायाको उनलाई दरिलो साथ छ । अरु छोराछोरी पनि रोजगारी र पढाइमा घर बाहिर छन् । कुराकानीका क्रममा रानाले आफू पाँच वर्षको छँदा भएको अप्रिय घटना पनि सम्झन पुगे । उनको अहिले बायाँ हात छैन ।

शारीरिक अपाङ्गतासँग पनि राना जुँधिरहेका छन् । घरमै खेल्ने क्रममा जाँतोमा थिचिएर हात गुमाउनुपरेको रानाले सुनाए । शारीरिक जटिलताबीच पनि शिक्षण पेशामार्फत उनले चार दशक समाजको सेवा गरे । पेशाबाट निस्कँदा पनि उनले आफ्नो आँट र साहसलाई कायमै राखे ।

वि.सं. २०३७ देखि २०७७ सम्म गाउँकै भगवती प्राविमा उनले अध्यापन गरे । स्थानीय स्रोतको शिक्षक हुँदै २०४१ मा अस्थायी र २०४८ मा स्थायी भएर गत वर्ष उमेरहदका कारण रानाले अनिवार्य अवकाश पाए । “अपाङ्गता भए पनि मौरीको रेखदेख, स्याहारसुसार म आफैँ गर्छु, ठूलो काम पर्दा मात्र ज्यालादारीमा कामदार लगाउने गरेको छु”, रानाले भने, “शिक्षणपछि मेरो रुचिको पेशा मौरीपालन भएको छ, यसमै रमाइरहेको छु ।”

मौरीपालनको पकेट जैदीमा दर्जनौँ किसान त्यस पेशामा छन् । बोर नजिकै धुल्लुगाउँका मोहराज उपाध्यायको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ले चिनिन्छ । उद्योगमा २०० घार मौरी छन् । उपाध्यायले मह बेचेर वार्षिक रु १० लाख बढी कमाउछन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जैदीसहित छिस्ती, धुल्लुबास्कोट, कुश्मीसेरा, भकुण्डे, पाला, रेश, मालिका, दगातुम्डाँडा, मल्म, दुदिलाभाटी, हटियालगायत मौरीपालनका लागि पकेट क्षेत्रमा पर्छन् । कम लागत र व्यवस्थापनमा राम्रो आम्दानी हुने भएपछि किसान मौरीपालन व्यवसायतिर आकर्षित छन् । जिल्लामा सेरेना प्रजातिको मौरीपालन हुने गरेको छ । रासस

  • मौरीपालन
मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?
अन्तरबैंक एटीएम शुल्क घट्यो, मोबाइल बैंकिङबाट रू दुई लाखसम्म कारोबार गर्न सकिने
हिन्डनबर्ग रिपोर्टको प्रभाव, गौतम अडानी शीर्ष १० धनीको सूचीबाट बाहिरिए

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.