• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

सर्वोच्चको फैसला पश्चात रवि भन्छन्- ‘म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभयो ?’

दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

डेढ लाख घुससहित खाद्य विभागका इञ्जिनियर पक्राउ

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

रामपुर । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “माघे सङ्क्रान्ति पश्चात् मानिसहरु दिनहुँ बढेका छन्, हामीलाई पनि डुङ्गा चलाउने काम पुगेकै छ, जाडोको समय भएकाले दिउँसो घाम ताप्दै ताल वरपर घुम्नेहरु धेरै आउने गर्नुहुन्छ” । ताल वरपर डुङ्गामा घुम्न प्रतिव्यक्ति रु ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन वटा डुङ्गा प्रयोगमा ल्याइएको छ । विशेष गरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउँने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ ।

एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचिकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । कोरोना कहरमा केही समय बन्द गरिएपनि अहिले भने नियमित रुपमा डुङ्गा चलिरहेको छ । डुङ्गा सयर गर्न विभिन्न ठाउँबाट मानिसहरु तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारी बताउनुहुन्छ ।

मानिसको चहलपहल बढ्दै गएपछि हाँसको आकार भएको आठ जना बस्न मिल्ने छानोसहित फाइवरको डुङ्गा एउटा र २३ फिटको छानासहित काठको एउटा डुङ्गा तयारी रहेको उहाँले बताउनुभयो । अहिले मिनी फेवातालका रुपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदिप पाण्डेयले बताउनुभयो ।

प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको बताउनुहुन्छ तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा । “एक दशकदेखि तल्लिन भएर तालपोखराको स्तरोन्नतिमा समितिले भौतिक पूर्वाधारका कामहरु गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ”, अध्यक्ष देवकोटाले भन्नुभयो । अध्यक्ष देवकोटाका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ ।

श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गरी वि सं २०६६ बाट यहाँ पर्यटन प्रवद्र्धनको काम शुरु गरी अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ । फेवातालको झल्कोस्वरुप तालको बीचमा मन्दिर निर्माण गरिएको छ । यहाँ २०७४ माघ २४ गतेदेखि डुङ्गा सञ्चालन शुरु गरियो । नियमित दुई वटा डुङ्गा सञ्चालन हुँदै आएकोमा कोरोनाको कहर शुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा सञ्चालन बन्द गरिएकोमा गत असोजबाट भने नियमित छ ।

करिव ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरि घेराबार, प्रवेशद्धार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । यसको नाममा पोखरी र पार्क समेत छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । ताल र पार्कसहित करिव ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ । वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो । रासस

  • तालपोखरा
शनिबार, माघ १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’
रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?
प्रधानमन्त्रीले गरेको प्रतिबद्धता कार्यान्वयन हेर्न विश्वासको मत : कांग्रेस प्रवक्ता महत

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

  • २.
    सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

  • ३.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    सर्वोच्चको फैसला पश्चात रवि भन्छन्- ‘म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभयो ?’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.