• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

६०० दिनसम्म विद्यालय बन्द !

एजेन्सी । प्रि–स्कुल अनलाइन सुरु गर्दा धरिनी माथुरका छोरा चार वर्षका थिए । ६०० दिनपछि पनि उनी अझै पनि कम्प्युटरको स्क्रिनमा भर्चुअल कक्षा लिइरहेका छन् । उनको कक्षाका साथी र गुरुहरूसँग अहिलेसम्म भौतिक सम्पर्क छैन । कोभिड महामारीका कारण कक्षा कोठा बाहिर अध्ययन गर्ने नयाँ दिल्लीका ४० लाख बालबालिकाहरूमध्ये उनी एक हुन् ।

माथुरका अनुसार जारी विद्यालय बन्दले बालबालिकाको सिकाइ क्षमतामा गम्भीर असर गरेको छ । ‘हाम्रा साना बालबालिकाहरू विद्यालय बाहिर छन् । विद्यालयमा बालबालिकाबीच छलफल हुन सकेको छैन,’ माथुर भन्छिन् । देशव्यापी महामारी फैलिएपछि दिल्ली सरकारले मार्च २०२० मा विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । तर, बन्द विद्यालय अझै पूर्णरुपमा खुलेका छैन ।

यसलाई विश्वकै सबैभन्दा लामो समयसम्म बन्द भएकाे विद्यालय मानिएको छ । लामो समयसम्म भौतिक रुपमा सिकाइ नहुँदा गरिबी बढाउने, आय क्षमता घटाउने र लाखौं मानिसहरूमा मानसिक तथा शारीरिक पीडा थपिने चिन्ता बढेको छ । दिल्लीमा मात्र न्यून आय भएका अभिभावकका हजारौं बालबालिका छन्, जसले अनलाइन पढ्न ल्यापटपको व्यवस्था गर्न सक्दैनन् ।

भिडभाड र प्रदूषित वातावरणमा बस्ने उनीहरू शिक्षाबाट बञ्चित हुने खतरा बढेको छ । विद्यालय पुनः खोल्न माग गर्दै अगस्टमा माथुरले राज्य सरकारविरुद्ध उजुरी दिएकी थिइन् । झन्डै ६ महिनापछि यसै साता विद्यालय खोल्ने विषयमा दिल्लीका अधिकारीहरूले बैठक आयोजना गरेका थिए ।

महामारीविरोधी कदमलाई सहज पार्ने, सप्ताहन्त बिदामा कर्फ्यू हटाउने र सरकारी कार्यलय खोल्ने निर्णय भए पनि बैठकमा विद्यालय खोल्ने विषयमा कुनै निर्णय हुन सकेको थिएन । ‘विद्यार्थीका लागि जोखिम भएकोले हामीले विद्यालय बन्द गर्‍याैँ । तर, अत्यधिक सावधानीले हाम्रै बालबालिकालाई असर गरेको छ,’ दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोड भन्छन् ।

एसियाकै लामो समयसम्म विद्यालय बन्द
विद्यालय बन्दको सवालमा भारत युगान्डापछि दोस्रो देश हो । राष्ट्रसंघले सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार मार्च २०२० देखि अक्टाेबर २०२१ सम्म भारतमा ८२ साता अर्थात ५७४ दिन विद्यालय बन्द भएको छ । युगान्डामा ८३ सातासम्म विद्यालय बन्द भएको थियो । तर, भारतको विद्यालय बन्दमा देशभर एकरुपता छैन् । प्रतिबन्ध बारे राज्य अनुसारको कानुन छ ।

मार्च २०२१ मा भारत सरकारले एउटा विवादास्पद विद्येयक पारित गरेर सम्पूर्ण कार्यकारी निर्णय अनुमोदन गर्ने अधिकार गर्भनरलाई दिइएको छ । सन् २०२० को मार्चमा पहिलो पटक बन्द भएपछि दिल्लीका विद्यालय वर्षैभर बन्द भएका थिए । सन् २०२१ को सुरुमा केही समय पुनः सञ्चालनमा आएका विद्यालय सोही वर्षको अप्रिलमा कोभिडको दोस्रो लहरसँगै फेरि बन्द भएका थिए ।

कोभिड संक्रमण स्थिर भएपछि पुनः सञ्चालनमा आएका विद्यालय वायु प्रदूषणको कारण दर्शाइ डिसेम्बरमा बन्द गरिएका थिए । कोभिडको नयाँ भेरियन्टदेखिपछि जनवरीदेखि फेरि बन्द छन् । लगातारको विद्यालय बन्दको परिणाम डरलाग्दो हुने गैरनाफामुखी संगठन टिच फर इन्डियाका शहिन मिस्त्री बताउँछन् ।

  • कोभिड-१९
  • प्रदूषण
  • महामारी
सोमबार, माघ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्यास विस्फोट हुँदा चार बालबालिकाको मृत्यु, दुई महिला घाइते
विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु, ६ जनाले गुमाए आँखाको ज्योति
चीनमा कोभिड-१९ को कहर, एक सातामा तेह्र हजारले गुमाए ज्यान

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.