• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

विमल घर्तीमगरकाे ‘फेरिएकाे रुप’

काठमाडौं । पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको खेल फरवार्ड विमल घर्तीमगरका लागि निकै नै स्मरणीय रहनेछ । उनले केही वर्ष अघिसम्म आफू खेलमा फर्कने या नर्फकने सोच्न सकेका थिएनन्, अन्योल थियो । ठमेलको ठिस्को काण्डमा मुछिएका विमल कारबाहीपछि मैदान त फर्किए । तर, जीवनकै ठूलो चोट बोके ।

२०७७ साल मंसिरमा राष्ट्रिय टोलीको अभ्यास सत्र क्रममा घुँडाको चोटपछि एमआरआई रिपोर्टमा एन्टेरियल क्रुसिएर लिगामेन्ट (एसीएल) र मिडियल कोल्याटेर लिगामेन्ट (एमसीएल) गएपछि विमल करिब एक वर्ष नै मैदान बाहिर रहे । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा विमलले विश्वप्रसिद्ध कतारको अस्पेटार अस्पतालमा पुस २०७७ मा उपचार पाए ।

रिकवरीपछि विमल असाेज २०७८ मा यु-२३ राष्ट्रिय टोलीसँगै अभ्यासमा फर्किए । लगत्तै सहिद स्मारक ए डिभिजन लिग खेल्न साविक विजेता मछिन्द्र फुटबल क्लबसँग जोडिए । सुरुवाती खेलमा जम्न समय खर्चिएका विमलले पछिल्ला खेलहरूमा आफूलाई प्रमाणित गरे । जारी लिगमा ८ खेल खेल्दा ४४५ मिनेट (इन्जुरी समय बाहेक) मैदानमा बिताएर तीन गोल गरे ।

यसपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले विमललाई राष्ट्रिय टोलीमा ‘कमब्याक’ गराए । मौरिसससविरुद्धको दुवै खेलमा विमल टोलीमा थिए । पहिलो खेलमा प्लेईङ सेटमा खेलेका विमलले मैदानमा ७४ मिनेट विताउँदै १ गोल गरे । अन्जन बिष्टको पासमा ५५ औं मिनेटमा विमलले गरेको गोलमा नेपाल विजयी समेत भयो ।

जुन गोल विमलले भदाै २०७५ मा ढाकामा भएको साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्ध गरेपछिको थियो । दोस्रो खेलमा भने विमलले ४६ मिनेटपछि मैदानमा प्रवेश पाए । गोल भने भएन । तर, उनले अग्रपंक्तिमा आफूलाई प्रमाणित गर्दै विपक्षी रक्षकलाई दबाबमै राखे ।

लेफ्ट ब्याक पोसिजनमा खेलिरहेका सुजल श्रेष्ठले १० औं मिनेटमा गरेको गोल निर्णायक हुँदा नेपाल १-० ले विजयी भयो । पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँग नेपालले दुबै मैत्रीपूर्ण खेलमा आफ्नो कब्जा जमायो । अब, भने विमलले आफूलाई सुधारिएको र फेरिँदै खेलमा फर्किएको संकेत गरेका छन् । उनले मैदान बाहिर रहँदासमेत सधै भावनात्मक रुपमा राष्ट्रप्रति साथ रहिरहेको जनाए ।

‘निकै लामो समय प्रत्यक्षरूपमा मैदान भित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो सत प्रतिशत साथ रहिरह्यो,’ २४ वर्षीय विमलले दुई खेलपछि भनेका छन् । विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । १५ वर्षको उमेरमै डेब्यु गरेका विमलले हालसम्म नाै गोल गरिसकेका छन् ।

विमलले सन् २०१३ मा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोलसँग चर्चा बढुलेका थिए । त्यसयता उनको जीवनमा ठूलै उतारचढाव रह्यो । कहिले घरायसी कारण त कहिले आफ्नै व्यवहार । पछिल्लो समय कहिले ‘होस्टेल काण्ड’ कहिले ‘डिस्को काण्ड’ उनि चर्चामा आइरहे । साथै एन्फाको कारबाहीमा पनि ।

कात्तिक २०७६ मा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध थिम्पुमा खेल्नुअघि अघिल्लो रात ठमेलको क्लबमा भेटिएपछि तत्कालीन स्विडिस प्रशिक्षक योहान कालिनले विमलसहित चार खेलाडीलाई तत्कालनै टोली बाहिर राखे । विमल ९० दिन कुनै पनि फुटबल प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्धमा परे ।

करिब दुई वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विमल नेपालको झण्डा अंकित जर्सी लगायर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुरासँग तुलना हुन नसक्ने मान्छन् ।

‘उतार चढाव पश्चात शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डाअंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउदाको क्षणलाई म अरु कुनै कुरासँग तुलना गर्न सक्दिन,’ देशका लागि ३७ क्याप जितेका विमल भन्छन् । यसअघि लिगका दौरान बोल्दै विमलले आफू सोहि ब्यक्ति भएपनि आफ्नो बानी व्यहाेरा र आचरण सुध्रिएको बताएका थिए । जुन उनले मैदानमा समेत देखाएका छन् ।

उत्कृष्ट फिनिसिङ, बल ड्रिब्लिङ, काउन्टर अट्याक र विपक्षी रक्षकलाई सहजै बिट गराउन सक्ने खुबी भएका विमल आम दर्शक र प्रशिक्षकका रुचाइएका खेलाडी हुन् । यसैले नै विमल भन्छन्, ‘टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाड्न सदैव तत्पर हुनेछु ।’

  • फुटबल
  • विमल घर्तीमगर
बुधबार, माघ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश
वर्षको उत्कृष्ट पुरुष क्रिकेटर बने बाबर आजम
हामीबाट त्रुटि भयो, फिक्सिङमा संलग्नलाई कारबाही हुन्छ : क्यान अध्यक्ष चन्द

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.