• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

गीत सङ्गीतसँगै गाईपालनमा रमाउँदै गल्याङ गेजाका चार युवा

वालिङ । ‘वनको चरी वनमै रमाउँछ’ भनेझैं स्याङ्जा गल्याङ ९ गेझाका कुसुम भण्डारी राजधानीबाट गाउँमै फर्केर गाईपालन व्यवसाय गर्न थाल्नुभयो । गीत सङ्गीतका क्षेत्रमा सङ्घर्ष गरेर निखारता आउँदै गर्दा काठमाडौँको बसाइँ छोट्याएर गाउँमै गाईपालन गर्ने र त्योसँगै गीत सङ्गीत अगाडि बढाउने गरी २०७० सालमा उहाँ गेझा गाउँ फर्किनुभयो । चार साथीको संलग्नतामा गत वर्ष देखि ‘मुरली एग्रोफार्म प्रालि’ सञ्चालनमा ल्याउनुभयो ।

“काठमाडौँमा बसेर गीत सङ्गीतका क्षेत्रमा अगाडि बढ्दै थिएँ, आम्दानी राम्रै हुँदै थियो, सम्भावनाका ढोकाहरु खुल्दै थिए”, उहाँले भन्नुभयो, “तर मेरो मनले मानेन, गाउँ फर्किन्छु र केही गर्छु, साथमा गीत सङ्गीतलाई पनि सँगै अगाडि बढाउँछु भन्ने दृढ अठोट लिएर गाउँ फर्किएको हुँ ।” काठमाडौंको बन्द कोठामा बसेर गीत सङ्गीतको रचना गर्दा पनि परिवेश गाउँकै आउने, गाउँकै वस्तुस्थिति गीत सङ्गीतमा उतार्नुपर्ने र यहाँका साथीसङ्गीसँगको रमाईलो पलले सताएकै कारण गाउँ फर्किएको उहाँ बताउनुहुन्छ ।

“जबसम्म गाउँका युवाले गाउँमै बस्ने खालका काम गरेर सफल हुँदैनन् तबसम्म अरु युवाहरुलाई गाउँमै टिकाउन समस्या हुन्छ”, उहाँले भन्नुभयो, “हामी चार युवाको सफलता देखेपछि अरु युवालाई विदेश होइन गाउँमै सम्भावना छन् भनेर उदाहरण देखाउन पनि हामी सफल हुने गरी काम गर्नुछ ।” चार जना युवाहरु गाईफार्ममा सँगसँगै काम गर्ने र बाँकी रहेको समयमा भजन किर्तन, रोईला, सालैजो लगायतका गीत सङ्गीतमा आँफूसँगै गाउँलेहरुलाई मनोरञ्जन दिने काम गर्दै आएका छन् ।

“गाईपालन हाम्रो व्यवसाय हो तर यसबाट प्राप्त भएको केही आम्दानीलाई हामीले धर्म संस्कार, संस्कृति, अति गरिब तथा विपन्न वर्गका मानिसको सहयोगमा प्रयोग गर्छौं”, उहाँले भन्नुभयो, “गाउँमा हुने शुभकार्यमा मुरली फार्मबाट नै भजन किर्तनमा जाने र सङ्कलित रकम पनि त्यसकै खातामा जम्मा गर्दै आएका छौं ।” उहाँको सबैभन्दा पहिला जनक कार्कीको गोरखपुरको रेलैको ढोकामा नामक एल्बममा ‘नातै तोडेर, कस्तो साथी रोजेकी छौ त नि मलाई छोडेर’ गीत रचना गरेर पहिलो गीत बजारमा आएको थियो ।

चर्तित गीतकार, सङ्गीतकार एकनारायण भण्डारी र आँफू एउटै ठाउँको भएको र उहाँकै सङ्गत तथा अभिप्रेरणाबाट गीत सङ्गीतमा लागेको कुसुम बताउनुहुन्छ । गीत रचना गर्ने, सङ्गीत दिने र एरेञ्जरकोरुपमा स्थापित गर्दै अगाडि बढ्नुभएका उहाँले एकनारायण भण्डारीकै सहयोगमा “भेट हुनी हो” गीत बजारमा ल्याउनुभयो । त्यस्तैगरी राजेन्द्र कँडेलको एल्बम कपाल कोर्ने काईयोमा ‘कपाल कोर्ने काईयो, कित जोवन अर्कैको हो भन नत्र मलाई चाहियो’ गीत २०६६ सालमा निकै चर्चामा रह्यो ।

त्यस्तै कँडेल र उहाँको संयुक्त रचनामा ‘काँचो सुपारी’ पनि निकै चर्चा कमाउन सफल भएको थियो । उहाँ आधुनिक गीत सङ्गीतसहित, भजनकिर्तनहरु, सालैजो, रोईला गीतहरु गाउने, रचना गर्ने र गाउँमा सिकाउने कार्यमा सक्रिय भएर लाग्नुभएको छ । गीत सङ्गीत र गाईपालनलाई सँगसँगै अगाडि बढाउँदा छुट्टै आनन्द मिलेको फार्मका अध्यक्ष ताराप्रसाद भण्डारी बताउनुहुन्छ । “सबैले मिलेर काम गर्दा छुट्टै आनन्द पनि छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “हामी चारै जना गीत सङ्गीतमा पनि उत्तिकै तल्लिन छौं र फार्मको नाम पनि गीत सङ्गीतमै प्रयोग हुने बाजा ‘मुरली’ बाट नामाकरण गरेका छौं ।”

फार्ममा हाल साना ठूला गरी ३१ वटा गाई तथा बाच्छाबाच्छी रहेकामा १३ वटा दुहुना छन् । फार्मबाट हाल दैनिक औसतमा डेढ सय लिटर दूध उत्पादन हुने गरेको छ । उक्त दूध गाउँमै रहेको युवा जागरण सहकारीमार्फत साना किसान कृषि सहकारीलाई बिक्री गर्ने गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।हाल दैनिक डेढसय लिटर दूध उत्पादन भईरहेको सञ्चालक प्रेमप्रसाद भण्डारीले बताउनुभयो ।

गाईको सङ्ख्या वृद्धि गर्ने, घाँस लगाउने कार्यलाई प्राथमिकता दिएर अगाडि बढेकाले आगामी दिनमा दैनिक ५०० लिटरसम्म दूध उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक प्रेमप्रसाद भण्डारीले थप्नुभयो । हालसम्ममा रु. ६० लाखभन्दा बढी लगानी भईसकेको र आगामी तीन वर्षसम्ममा एक करोड लगानी पु¥याउने र आवश्यकता अनुसार थप्ने सञ्चालक विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

“अनुदानको आशमा गाई पालेका होईनौं, अनुदानले फार्म सञ्चालन हुँदैन”, विष्णुप्रसादले भन्नुभयो, “अनुदान शहरका टाठाबाठा र पहुँचवालालाई मात्रै हो, वास्तविक किसानसम्म त्यो पुग्लाजस्तो लाग्दैन ।” बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा पशुपालनका क्षेत्रमा सस्तो ब्याजमा कर्जा दिने भनेपनि त्यो भनाइ र कागजमा मात्रै सीमित रहेको तर गाउँका किसानले पाउन नसकेको दुःखेसो उहाँहरुको थियो ।

“हामी गाउँमा फार्म सञ्चालन गरिरहेका छौं, शहरमा जग्गा जमिन छैन”, कुसुमले भन्नुभयो, “गाउँको जग्गालाई धितो राखेर सस्तो ब्याजदरमा कर्जा दिन बैंक तथा वित्तीय संस्थाहरु मान्दैनन् उनीहरुलाई बजारकै राम्रो जग्गा चाहिन्छ तर त्यो हामीसँग छैन ।” हामी सफल भएमात्रै गाउँमा युवालाई टिकाउन सकिने भएकाले जसरी पनि सफल हुनेगरी लागिरहेको उहाँहरुको भनाइ छ । आगामी दिनमा ८/१० जना युवालाई गाउँमै रोजगारी दिने योजना उनीहरुको छ । रासस

  • गाईपालन
बिहिबार, माघ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पोखराको आत्मदाह घटना : बचाउन पुगेकी महिलाको मृत्यु, प्रयास गर्ने पुरुष उपचाररत
पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई जना घाइते
गल्याङ नगरपालिकामा अदुवाको बीऊ किन्दा २ करोड भ्रष्टाचार

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.