काठमाडौं । काठमाडौंको चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा यात्रा गरिरहेका दुई युवकको ज्यान गुमेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको ज्यान गुमेको जानकारी दिए ।
ना १ ज ६३५४ नम्बरको टाटा सुमोले पल्सर बाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना सख्त घाइते भएका थिए । उनीहरुलाई बल्खुस्थित वयोधा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै, टाटा सुमोमा यात्रा गरिरहेका दुई जना पनि घटनामा घाइते भएको मैनालीले जानकारी दिए । मृत्यु हुनेमध्ये एक जना नागार्जुन नगरपालिका बस्ने समीर गिरी भए पनि अर्काको पहिचान खुलिसकेको छैन । टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल सडकभन्दा करिब २५ मिटर तल खसेको जानकारी पनि मैनालीले दिए ।