मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । नयाँ कार्य प्राप्तिको योग रहेकोछ । धर्म कर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक क्षेत्रको काम अघि बढ्नेछ । शेयर बजार प्रति आकर्षण बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुन सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । प्रेममा सफलता पनि पाइनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बन्न लागेको काम बिग्रिनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको उत्तरार्ध बाट नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । साझेदारीको कार्यबाट राम्रो प्रतिफल पाइएला । शेयर बजारबाट पनि विशेष लाभ मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता मनमा देखिने अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । यात्रामा माल सामान हराउन सक्छ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ । यात्रा र भ्रमण को योग पनि छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता रमणीय र सुखद् यात्राको योग छ । माया मारिसकेको या नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । शेयर बजारबाट पनि लाभ नै मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता राजनैतिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ साथै घरमा अतिथिको आगमन हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । (अधिक जानकारीका लागि 977-9849559502)