• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शुक्रबार, माघ २०, २०७९
शुक्रबार, माघ २०, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दिबास बन्यो पहिलो स्थानीय तह

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका स्थानीय पाठ्यक्रम लागू गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ । आज महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले नगरका सबै विद्यालयमा शैक्षिक सत्र २०७९ देखि लागू गरिएको स्थानीय पाठ्यक्रमको ‘बर्दिबास ज्ञानमाला’ नाउँको पुस्तक एक समारोहबीच विमोचन गर्नुभएको हो ।

कक्षा–१ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा अब कक्षैपिच्छेको ‘बर्दिबास ज्ञानमाला’ पुस्तक विद्यार्थीलाई उपलब्ध गराइनेछ । अहिले कक्षा ५ सम्मको पुस्तक तयार भएर आएपछि यसअघिको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहिसक्नु भएका पोखरेलले आज विमोचन गर्नुभएको हो ।

कक्षा ६ देखि ८ सम्मको ‘बर्दिबास ज्ञानमाला’ पुस्तक नाउँको पुस्तक प्रकाशन क्रममा रहेको नगर कार्यपालिकाको कार्यालयका शिक्षा शाखाप्रमुख गणेश दाहालले जानकारी दिनुभयो । बर्दिबास नगरपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेर स-साना विद्यार्थीमा आफ्नो ठाउँबारे चासो जगाउने नयाँ काम थालेको पूर्वमन्त्री पोखरेलले बताउनुभयो ।

अब आधारभूत तहका छात्रछात्राले ‘बर्दिबास ज्ञानमाला’बाट आफ्नो ठाउँको भूगोल, वेशभूषा, भाषाभाषी, रीतिथिति र स्थानीय सम्भावनाबारे आधारभूत ज्ञान पाउने पोखरेलको भनाइ छ । उहाँले जिल्लाका अन्य स्थानीय तहले पनि यसको सिको गर्न सके राम्रो हुने बताउनुभयो ।

स्थानीय पाठ्यक्रमसँगै प्राथमिक शिक्षा मातृभाषामा दिनसक्ने प्रबन्धको तयारीमा पनि सम्बन्धित स्थानीय तहले पहलकदमी लिनुपर्ने पोखरेलको भनाइ छ । स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दिबास अहिलेसम्म जिल्लाको एकमात्र स्थानीय तह हो ।

नगरप्रमुख विदुरकुमार कार्कीको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाप्रमुख गणेश दाहालले शैक्षिक सत्रको प्रारम्भमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पु¥याइने जानकारी दिनुभयो ।

बर्दिबासलाई शैक्षिक केन्द्र (हब) बनाउने नगर नेतृत्वले बताउँदै आएको छ । नगर क्षेत्रमा आधारभूत र माध्यमिक गरी ५५ वटा सामुदायिक विद्यालय छन् । त्यसैगरी कृषि सङ्कायको अध्ययन अध्यापन हुने प्राकृतिक स्रोत साधन कलेज सञ्चालित छ ।

यसबाहेक शिक्षाशास्त्रमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक तहसम्मको अध्ययन हुने बर्दिबास जनता बहुमुखी क्याम्पस एवम् १० भन्दा बढी प्राविधिक विषयको पठनपाठन हुने निर्मल लामा बहुप्राविधिक शिक्षालय छ ।

नगर क्षेत्रका सात माविले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा पशुविज्ञान, नापी, कम्प्युटर विज्ञान, फरेष्ट्री, इन्जिनियरिङ र कृषिसम्बन्धी पठन पाठन गराइरहेका छन् । मधेस प्रदेशभित्र बर्दिबासलाई शैक्षिक गन्तव्य बनाउने गरी काम अघि बढाइएको नगर शिक्षा शाखाले जनाएको छ ।

यसैगरी नगरले पछिल्लो पटक बौद्ध शिक्षा प्रारम्भ गर्ने निर्णय गर्दै गत फागुनमै सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सकेको छ । बौद्ध शिक्षा लागू भएपछि बर्दिबासमा स्थापना हुने कलेजमा बौद्ध दर्शनसम्बन्धी ज्ञान, तालिम, खोज एवम् अनुसन्धान गरिनेछ ।

यो शिक्षाले आम नागरिकमा अष्टाङ्ग ध्यान, सम्यक जीवन र बौद्ध दर्शनका बहुआयामिक पक्षबारे चासो बढाउने यहाँका शिक्षाविद् बताउँछन् । सुखद जीवन जिउने कलाबारे बौद्ध दर्शनले सुझाएको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताउनुहुन्छ ।

यहाँ बौद्ध शिक्षाका लागि कलेज स्थापना हुनसके यसबारे सकारात्मक चासो बढ्ने, बौद्ध दर्शनको अध्ययन, अभ्यास, अन्वेषण र यससम्बन्धी सघन छलफल बढाउन सहयोग पुग्नेमा ठकुरी जस्तै यहाँका आम बुद्धिजीवी सहमत देखिएका छन् । रासस

शनिबार, चैत १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने
माघ २ गते शोक बिदा, त्रिविको चालू परीक्षा नरोकिने
कक्षाकोठा अभावमा खुला आकाशमुनि पठन पाठन

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.