• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
बिहिबार, माघ १९, २०७९
बिहिबार, माघ १९, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

रन्नादेवीको पीडा : दिनभर गिट्टी फोर्दा पनि पेटभर खान पुग्दैन

मुगु । हातमा हथौडा, औँलामा गाडीको ट्युबको पञ्जा, घाँटीमा पँहेलो पोतेको माला, टाउकोमा रुमाल बाँधेको, मुखमा मास्क, नाकमा फुली, बुलाकी, अनि पछ्यौराले ढाकिएको ।

छायानाथ रारा नगरपालिका–५ ढुम गाउँमा यस्तो पहिरन लगाएर ढुंगा कुटिरहेका महिला ठाउँठाउँमा देखिन्छन् । यही कामबाट उनीहरूले जेनतेन परिवार पालिरहेका छन् । यिनै महिला मध्येकी एक हुन् रन्नदेवी विक ।

उनलाई हरेक विहान उठ्नेबित्तिकै आज कति गिट्टी कुट्न सकिएला भनेर चिन्ता हुन्छ । यहाँका कयौं परिवार महिलाको यही कामाइले धानिरहेको छ । आम्दानीको अर्को उपाय नहुँदा छायानाथ रारा नगरपालिकाको थार्प, रुगा, लुम, ढुम, तलितुम लगायत गाउँका दलित महिलाले गिट्टी कुटेरै जीवन धानिरहेका छन् ।

छाँयानाथ रारा नगरपालिका–५ की २६ वर्षीया रामति कामीले गिट्टी फोडेको आम्दानीबाट घर खर्च चलाउँदै आएको निकै बर्ष भइसक्यो । विहानै गिट्टी फोड्न घरबाट निस्केएकी उनी बेलुका मात्र फर्किन्छिन् । उनी सदरमुकाम गमगढी बजार आसपासका स्थानमा गिट्टी फोड्ने पुग्छिन् ।

उनले भनिन्, ‘गिट्टी कुटेर मासिक पाँचदेखि १० हजारसम्म आम्दानी हुन्छ । यही आम्दानीबाट घर खर्च, छोराछोरीको पठनपाठन गरिरहेकी छु । यस्तै काम गर्न थालेको करिब १० वर्ष भयो ।’ उनी जस्तै ४० वर्षीया रन्नदेवी विकको पनि उस्तै पीडा छ । रन्नदेवीका त श्रीमान समेत गिट्टी कुट्छन् ।

श्रीमान श्रीमतीले नै दिनभर गिट्टी कुट्दा पनि दुई छाक मुस्किलले टर्ने गरेको उनी बताउँछिन् । तर अन्य आयस्रोत नहुँदा उनीहरूको विकल्प पनि नभएको दुखेसो गर्छन । रन्नदेवीले भनिन्, ‘हाम्रो रोजगारी नै यही हो । यसैलाई स्वरोजगार ठानेका छौं । श्रीमान श्रीमतीले महिनाको २० हजारसम्म कमाइ गर्छौ ।’

यस्तै, बालमन्दिर आधारभुत विद्यालय चैनगाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामी आमा, काकीसँगै गिट्टी कुट्न बजार पुग्छिन् । तर उनी रहरले गिट्टी कुटन भने आएकी होइनन् । उनी पढाई खर्च जुटाउन आएको बताउँछिन् । उनी आवश्यक कपीकलम किन्न खर्च यहीबाट जोहो गर्छिन ।

उनले भनिन्, ‘आमाले पनि गिट्टी कुट्दै मलाई पढाई रहनु भएको छ, आमा एक्लैको कमाइले घरखर्च जुटाउन हम्मेहम्मे परेपछि म पनि आएको हो ।’ अरु साथीहरू जस्तै पढ्न, खेल्न मन भए पनि यता आएर काम गर्नु परेको उनले सुनाइन । साथीहरू किताबकापी, झोला बोकेर विद्यालय गएको देख्दा रुन मन लाग्ने उनले बताइन् ।

मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउनका लागि निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन् । तर, काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ । परिवार चलाउन उनीहरू न्युन पारिश्रमिकमा पनि काम गर्न बाध्य छन् ।

अझ महिलाहरूलाई न्युन पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ । महिलाले एक कट्टाको ५० देखि ६० रुपैयाँ मात्रै पाउँछन् । उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी फोड्छन् । हिउँदमा खेतीपातीको काम पनि नहुने हुँदा थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भएको महिलाहरू बताउँछन् ।

  • बेरोजगार
आइतबार, चैत १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र
इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल
ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि गरेको थियो तपस्या

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.