• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

‘ओलीलाई साइजमा राख्न प्रचण्ड-नेपाललाई अलिअलि मत दिएर गठबन्धन गरौँ’

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले अन्य दलहरूसँग चुनावी तालमेल, गठबन्धन तथा सहकार्य गरेर अधि बढ्नु पर्ने धारणा राखेका हुन् ।

यसबारे कांग्रेसले भोलिको केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ । बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले अहिलेको गठबन्धन अनुसार नै तालमेल गरेर अघि बढ्दा राम्रो हुने सुझाव दिएका हुन् ।

त्यसका लागि कहाँ कहाँ पार्टीको वस्तुस्थित कस्तो छ ? लगायतका विषयमा अध्ययन गरेर कस्तो खालको तालमेल गर्ने हो ? त्यो विषयमा केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने उनीहरूको धारणा थियो ।

‘अधिकांश सदस्यले तालमेल, गठबन्धन, सहकार्य गरेर जानुपर्ने सुझाव आयो । त्यसमा कुन ठाउँमा पार्टीको कस्तो खाले वस्तुस्थिति छ ? त्यसका आधारमा कहाँ तालमेल गर्ने कहाँ नगर्ने भन्ने विषयमा केन्द्रले एउटा सैद्धान्तिक निर्णय गर्नुपर्छ । सोही आधारमा भोलि प्रस्ताव तयार भएर निर्णय हुन्छ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ।

अहिलेको गठबन्धन अनुसार चुनावी तालमेल गरेर अघि बढेको खण्डमा आउने संसदीय निर्वाचनमा समेत पार्टीले जित्ने परिस्थिति निर्माण हुने उनीहरूको भनाइ थियो । केही सदस्यहरूले भने एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्ने समेत सुझाव दिए ।

‘कतिपय साथीहरूको मत गठबन्धन नगरिकन, तालमेल नगरिकन, एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ भन्ने सुझाव आयो,’ प्रवक्ता डा. महतले भने । बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेल लगायतका नेताहरू चुनावी तालमेलको पक्षमा उभिएका छन् ।

त्यस्तै सभापति शेरबहादुर देउवा पनि गठबन्धन गरेरै चुनावमा जानुपर्ने पक्षमा छन् । उनले २०७४ सालको निर्वाचनमा एक्लै लड्दा थोरै सिटमा जितेको स्मरण गराउँदै गठबन्धन गरेरै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । महामन्त्री शर्माले भने अवस्था हेरेर तालमेल गर्नुपर्ने बताए ।

त्यस्तै नेता पौडेलले पनि स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखे । गठबन्धन नगरी गएमा एमालेलाई फाइदा पुग्ने बताए । एमालेलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्न नहुने भन्दै उनले भने, ‘बरु प्रचण्ड माधव नेपाललाई अलिअलि मत थप्ने कामका सहयोग गरौं । तर, ओलीलाई थप बलियो बनाउने काम नगरौं ।’

बैठकमा अर्का महामन्त्री गगन थापाले भने तालमेल नगरी कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखे । उनको धारणामा कांग्रेस नेता डा. शेखर कोइरालाले पनि साथ दिएका छन् । देशभर लाखौं नयाँ मतदाता थपिएको भन्दै उनीहरूलाई पहिलो पटक नै रूखमा भोट हाल्न लगाउनु पर्ने बताए । अहिले रुखमा भोट हाल्न नलगाए भविश्यमा रुखमै भोट हाल्छन भन्ने ग्यारेन्टी नहुने उनको भनाइ थियो ।

त्यस्तै नेता डा. कोइरालाले पनि गठबन्धनभन्दा पनि पार्टी एकतामा ध्यान दिनुपर्नेमा जोड दिए । गठबन्धनको विषयमा केन्द्रबाट नभई स्थानीय तहबाटै स्वविवेकीय अधिकार प्रयोग गर्नु दिनुपर्ने उनको भनाई थियो । यो विषयमा भोलि बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गर्नेछ ।

  • केपी ओली
  • नेपाली कांग्रेस
  • प्रचण्ड
  • माधव नेपाल
सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?
सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला
भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.