सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ५ मा ब्याडमिन्टन कभर्डहलको सिलान्यास गरिएको छ । लालबन्दी नगरपालिका ५ मा सोमबार ब्याडमिन्टन कभर्डहलको सिलान्यास गरिएको हो । लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा २ वर्षमा सक्ने गरि गौरी गणेश कन्स्ट्रक्सन, गौरले निर्माणको ठेक्का पाएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनुभयो ।
नगरको रु ७० लाखको लागतमा निर्माण हुने कभर्डहल २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सोमबार नगर प्रमुख खड्काले सिलान्यास गर्नु भएको हो । ब्याटमिन्टन कभर्डहलको सिलान्यास कार्यक्रममा नगर प्रमुख खड्काले निर्माण सम्पन्न गर्न २ वर्षको लक्ष्य राखिएको भएपनि यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्न निर्माण व्यावसायीलाई आग्रह गर्नु भएको छ ।
दुई वर्षको लक्ष्यका साथ ब्याडमिन्टन कभर्डहलको निर्माणको ठेक्का लागेको भएपनि यसै वर्ष निर्माण सम्पन्न गर्न र निर्माण सम्पन्न गर्नका लागि आर्थिक अभाव हुन नदिने नगर प्रमुख खड्काले प्रतिबद्धता जनाउनु भएको नगर उप प्रमुख शान्ती लामाले जानकारी दिनुभयो ।
९२ लाखको बोलपत्र आव्हान गरिएकोमा गौरी गणेश कन्स्ट्रक्सन, गौरले निर्माणको ठेक्का पाएको ब्याडमिन्टन कभर्डहलमा ४ वटा कोर्ट निर्माण हुने नगरपालिकाका प्राविधिक कोमलहरी गौतमले बताउनु भयो । लालबन्दी नगरपालिका ५ को कार्यालय नजिकै ब्याडमिन्टन कभर्डहलको निर्माण हुने छ ।