• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

सर्वोच्चको फैसला पश्चात रवि भन्छन्- ‘म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभयो ?’

दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

डेढ लाख घुससहित खाद्य विभागका इञ्जिनियर पक्राउ

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

वैशाख ३० को चुनावमा कसरी मिलाइँदैछ सुरक्षा व्यवस्था ?

बीबीसी । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि मतदाताको चापदेखि विगतका घटनासम्मलाई हेरेर ‘अति संवेदनशील’ केन्द्रहरू चयन गरेको नेपाल प्रहरीले जनाएको छ ।

निर्वाचन आयोगले तयार पारेको १०,७५६ केन्द्रहरूमध्ये झन्डै एक तिहाइ त्यस्तो सूचीमा पर्ने बताइएको छ । बाँकीलाई संवेदनशील र सामान्य केन्द्रका रूपमा राखिएको छ ।

“त्यसमा जनघनत्वको अवस्था भौगोलिक बनावट, विगतमा शान्ति सुरक्षालाई असर पुर्‍याउने गरी भएका गतिविधि, राजनीतिक, सामाजिक र आर्थिक रूपले चुनौतीपूर्ण रहेका ठाउँहरू छन्,” प्रहरी प्रवक्ता विष्णुकुमार केसीले त्यस्ता केन्द्रहरू चयनको मापदण्डबारे बीबीसीसँग भने ।

“विगतमा सशस्त्र वा भूमिगत समूहहरू लुकिछिपी गर्ने र आपराधिक गतिविधि हुने गरेका ठाउँहरूले समेत त्यसलाई निर्धारण गरेका छन् ।” अति संवेदनशील भनिएका ठाउँमा आवश्यकता अनुसार ११ जनाभन्दा धेरै सुरक्षाकर्मीहरू खटाइने प्रवक्ता केसीले बताए ।

तर उस्तै अवस्था भइकन पनि सदरमुकामबाट नजिकै रहेका, तत्काल थप बल पठाउन सकिने केन्द्रहरूलाई संवेदनशील वा सामान्य केन्द्रका रूपमा समेत राखिएको अधिकारीहरूले बताएका छन् ।

‘अधिकतम प्रहरी परिचालन’
अधिकतम प्रहरीहरू मतदान स्थलहरूमा परिचालन हुने गरी सुरक्षा व्यवस्था हुने भए पनि ‘सेनाले प्रहरीको भूमिका नलिने’ गृह प्रवक्ता फणीन्द्रमणि पोखरेल बताउँछन् । उनी भन्छन्, “प्रहरी अधिकतम परिचालन हुन्छन् । तर बुथ बुथमा सेना राखेर निर्वाचन हुँदैन ।”

कुन केन्द्रलाई सुरक्षा व्यवस्थाको दृष्टिले कसरी वर्गीकरण गरिएको छ भन्ने अधिकारीहरूले सार्वजनिक रूपमा नखुलाइने बताएका छन् । यसबीचमा प्रहरीको नियमित पदपूर्तिमा देखिएको अवरोधले गर्दा उसमाथि सङ्ख्याको चाप रहेको बताइन्छ ।

म्यादी प्रहरीको सङ्ख्या समेत प्रहरीले माग गरेभन्दा झन्डै १८ हजार कम एक लाख मात्र सरकारले स्वीकृत गरेको बताइन्छ । मतपत्र छपाइको सुरक्षा सेनाले गरे पनि बाँकी काम भने सधैँ झैँ बाहिरी घेरामा मात्र हुने गृह प्रवक्ता पोखरेल बताउँछन् । उनी भन्छन्, “सशस्त्र प्रहरी समेत बिचको घेरामा हुन्छ, अग्र मोर्चामा हुँदैन । बुथमा हुने भनेको प्रहरी र म्यादी मात्र हुन् ।”

निर्वाचन आयोग के भन्छ ?
चुनाव गराउन गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायहरूलाई जिम्मा दिइएको भए पनि त्यस क्रममा गठन गरिएका समन्वय समितिमा नेपाली सेनाको समेत प्रतिनिधित्व रहने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, “विश्वसनीय र भयरहित वातावरणमा चुनाव गराउन जिल्लाहरूमा त्यसै गरी निर्वाचन सुरक्षा समितिहरू गठन गरिएका हुन्छन् । चुनावमा सेनाको भूमिका ‘प्रत्यक्ष रूपमा नहुने’ भएपछि उ सबै तेस्रो घेरामा सहायताका लागि तयारी अवस्थामा रहने आयोग प्रवक्ता बताउँछन् ।

“तर अहिले नेपाल प्रहरीहरू खटिराखेका जलविद्युत परियोजना, कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले विस्थापित गरेर त्यो जनशक्ति पनि बाहिर झिकिन्छ ।”

  • चुनाव
  • निर्वाचन
मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’
रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?
भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

  • २.
    सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

  • ३.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    सर्वोच्चको फैसला पश्चात रवि भन्छन्- ‘म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभयो ?’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.