काठमाडौं । नायिका सुरविना कार्की अहिले म्युजिक भिडियोमा व्यस्त छिन् । उनी सामाजिक सञ्जालमा बोल्ड तस्विर सेयर गर्न कति पनि हिच्किचाउदिनन् ।
केही फिल्म खेलेपछि प्रशिक्षणका लागि मुम्बई गएकी सुरबिनाले अभिनय गरेको चलचित्र ‘काँडेतार’ प्रदर्शन बाँकी नै छ । म्युजिक भिडियोमा सक्रिय यी नायिकालाई दर्शकसँग जोडिने माध्यम भने सामाजिक सञ्जाल बनेको छ ।
उनले केहि दिन अघि सामाजिक सञ्जाल फेसबुकमा बोल्ड तस्विर सेयर गरेकी थिइन् ।