• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

एमालेलाई कमजोर बनाउन गठबन्धन : हरिबोल गजुरेल (अन्तर्वार्ता)

काठमाडौं । धर्मराउँदै टिकेको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र एमालेबीच स्थानीय निर्वाचनमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । एमाले कमजोर नभएको निष्कर्षका आधारमा गठबन्धन बनेको हो ।

भन्न चाहिँ गठबन्धनमा रहेका पार्टीका नेताहरू एमालेलाई लक्षित गर्दै प्रतिगमनकारी शक्तिलाई पराजित गर्न गठबन्धन गर्नुपरेको बताउँछन् । जसरी र जुन आधारमा गठबन्धन बने पनि सैद्धान्तिक रूपमा मेल नभएका पार्टीहरूबीच गठबन्धन भएको हो ।

भिन्न राजनीतिक कार्यक्रम र कार्यदिशा भएका पार्टीहरूबीच भएको हो । र, गठबन्धनको जोडबल गर्नेमध्येको एउटा पार्टी हो,– नेकपा माओवादी केन्द्र । यही पार्टीका नेता हरिबोल गजुरेलसँग न्युज कारखानाले गठबन्धन गर्नुपर्ने बाध्यता र गठबन्धनको निरन्तरता लगायत सवालमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ;

राजनीतिक र सैद्धान्तिक धार नमिल्ने नेपाली कांग्रेससहितका दलहरूसँग निर्वाचनमा गठबन्धन गर्नुको अर्थ के हो ?
प्रतिगमनका खतराहरू टरेका छैनन् । कायमै छन् । खतरा कायम रहँदासम्म गठबन्धनको आवश्यकता रहिरहन्छ । कांग्रेस पनि प्रतिगमनविरुद्ध लडेको दल हो । र, प्रतिगमनलाई निर्वाचनबाट फेरि परास्त गर्न कांग्रेससहितका गठबन्धन बनेको हो ।

कमजोर भएपछि गठबन्धनको सहारा लिन माओवादी बाध्य भयो होइन ?
गलत । माओवादी कमजोर भयो र गठबन्धन गर्‍यो भन्दै हिँड्यो भने त्यो पूरै गलत हुन्छ । त्यस्तो कसैले सोच्नु हुँदैन । माओवादी कमजोर भएका कारणले भन्दा पनि अहिलेको आवश्यकता र औचित्यको आधारमा भएको हो । फेरि, गठबन्धन प्रतिगमनको विपक्षमा एउटै मोर्चामा उभिएको हो । सडक संघर्ष गरेको हो ।

यस्तो राजनीतिक पृष्ठभूमिबीच हामी (माओवादी) के प्रतिगमनको पक्षधरसँग गएर मिल्ने त ? नैतिकताले दिन्छ ? सिद्धान्तले दिन्छ ? कम्युनिस्टको नाममा देशलाई प्रतिगमनमा लैजाने शक्तिसँग कसरी हुन्छ हाम्रो गठबन्धन ?

तर, माओवादी कमजोर त छ नै । त्यही भएर गठबन्धन चाहेको सत्य हो । स्वीकार्नु हुन्छ ?
निर्वाचन परिणामको आधारमा त २०६४ सालको निर्वाचनपछि कमजोर भएकै हो । त्यो त सबैले देखिराखेकै हो । बुझेकै हो । तर, के एजेण्डाको आधारमा माओवादी कमजोर हो त ? कमजोर भन्न मिल्छ ?

उसो भए जनमतको आधारमा माओवादी कमजोर हुँदै जानुको कारण के हो ? तपाईंको विश्लेषण के छ ?
अध्यक्ष प्रचण्डले प्रष्टसँग पार्टीको महाधिवेशनमा भनिसक्नु भएको छ त– वैचारिक अस्पष्टता भयो । अर्थात् विचारको विकास भएन । कटुवाल प्रकरणजस्ता घटना घटे । यस्ता घटनाले माओवादीलाई ठूलो क्षति पु¥यायो । र, कहिले मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ त कहिले नेत्रविक्रम चन्द ‘विप्लव’को दबाब र प्रभावमा परेर आफूलाई लागेको भन्दा फरक निर्णय गर्दा पार्टी यो अवस्थामा आइपुग्यो भनिसक्नु भएको छ । अब म सच्चिने र तपाईंहरू पनि सच्चिनुपर्छ भन्नु भएको छ ।

अर्को प्रसङ्ग, गठबन्धन जाने चाहिँ कहाँसम्म हो ?
कहाँसम्म भन्ने भन्दा पनि पहिले बुझ्नुपर्ने कुरा के हो भने यो गठबन्धन विशिष्ट उद्देश्यका लागि बनेको हो । हामीले जनतालाई पनि बुझाउनुपर्ने छ । कार्यकर्तालाई पनि बुझाउनुपर्ने छ । किनभने प्रतिगमनविरोधी गतिविधिको रूपमा दुई चोटी संसद् भंग भयो । त्यो देखिरहेका छौँ । पुनर्स्थापित संसद् पनि ६ महिना बढी समयदेखि अवरुद्ध छ । यसले गर्दा एमालेलाई कसरी कमजोर बनाउने भन्ने उद्देश्यले गठबन्धन भएको हो । यो उद्देश्य पूरा नहुँदासम्म गठबन्धन कायम रहन्छ ।

अर्को कुरा गठबन्धन आवश्यक भइसक्यो । सामान्य स्थितिमा पनि गठबन्धन नभइ स्थिर सरकार नबन्ने भयो । त्यही भएर निर्वाचनमा पनि गठबन्धन गर्ने अवस्थामा पुगेका हौँ । गठबन्धन गरेर निर्वाचन लडेपछि नजिता पनि राम्रै हात पार्न सकिन्छ । अलग अलग भएर निर्वाचन लड्दा त्यस्तो नहुन सक्छ । र, फेरि ६/६ महिनामा सरकार ढाल्ने खेल हुन्छ । त्यसकारणले पनि गठबन्धन आवश्यक छ । गठबन्धन प्रदेश र संघीय निर्वाचनपछिसम्म जान सक्छ ।

कांग्रेसले त स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गर्‍यो । गठबन्धनको ‘मोडालिटी’बारे माओवादीको धारणा के हो ?
होइन, गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई ध्यान दिनैपर्छ नि । सबै ठाउँमा एकै रूपले गठबन्धन कहाँ हुन्छ ? हुँदैन । त्यही भएर हामी (माओवादी) स्थानीय आवश्यकताअनुसार नै गठबन्धन गर्नुपर्ने पक्षमा हो ।

  • नेपाली कांग्रेस
  • माओवादी केन्द्र
  • सत्ता गठबन्धन
बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो
मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल
फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.