काठमाडौं । बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार छापावाल सुनको भाउ ९९ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३७० रुपैयाँमा कारोबार भएको थियो ।