• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

ह्यारीको सहयोग विद्यालयलाई अभिसाप : उनी फर्किएनन्, अरुले हातै हालेनन्

पोखरा । २०७२ सालको महाविनाशकारी भुकम्पको केन्द्र गोरखा थिलथिलो भयो । स्कुल र सार्वजनिक भवन मात्रै होइन, मान्छेका घरहरू समेत खण्डहर बने । भुकम्पबाट धार्चे र बारपाक क्षेत्र सबैभन्दा बढी प्रभावित भए ।

लामो समय स्कुल नै खुलेनन् । बिस्तारै चउरमा बालबालिका राखेर पढाई हुन थाल्यो । चउरमै बसिरहेका विद्यार्थीको पीडा देख्न नसकेर टीम रुविकन (बेलायती सेनाबाट अवकास प्राप्तहरूको संस्था) ले धार्चे गाउँपालिकास्थित लापूबेँशीको प्रभात किरण माविको भवन बनाइदिने निधो ग¥यो ।

भुकम्प गएको केही समयमै स्कुल बन्ने भएपछि गाउँलेहरू खुशी भए । विदेशीहरू आएर धमाधम काम गर्न थाले । केही समयपछि नौ जनाको टोली पनि थपियो, विदेशी नै । गाउँलेहरूले ठाने उनीहरू पनि स्वंसेवक होलान । सँगसँगै माटो बोके, गारो लगाए । केही दिनपछि हल्ला चल्न थाल्यो, बेलायती तत्कालिन राजकुमार गोरखाको विकट गाउँमा स्कुल बनाउन गए ।

समाचार सुनेपछि गाउँलेहरू मुखामुख गर्न थाले । अलि दिन बितेपछि थाहा भयो, आफैसँग ढुंगामाटो बोकिरहेका व्यक्ति बेलायती राजकुमार रहेछन् । ‘निकै साधारण मान्छे । सबैसँग मिल्ने, दुःखमा पनि रमाउने,’ स्थानीय हसिमान गुरुङ भन्छन्, ‘चिनजान नहुँदा त को गोरा आएर काम गरिरहेको छ भनेर वास्तै गरिएन । थाहा भएपछि आफैलाई कस्तो कस्तो लाग्यो ।’

सुरुमा आउँदा ह्यारी बारे कसैलाई थाहा थिएन । पहिले पनि कहिलेकाहीँ पर्यटकहरू आएर काम गरिरहन्थे । कसैलाई चासै भएन । ‘हामीलाई पनि जानकारी थिएन । मिडियामा समाचार आएपछि त हामी छक्क प¥यौं,’ सोही विद्यालयमा पढाउने शिक्षक श्यामबहादुर नेपालीले भने, ‘मान्छेले नचिन्दासम्म फोटो खिच्ने र सँगै खाने गर्थे । पछि फोटो खिच्न पनि दिएनन् । फोटो खिचे कानुनी कारबाही गर्छु भने ।’

ह्यारीले एक साताभन्दा बढी लापूबेँशीमा बिताए । सुटुक्क त्यहाँ पुगेर आफै श्रमदान गरेका उनले स्कुल बनाउन लाग्ने सबै खर्च आफू र टीम रुविकन नामक संस्थामार्फत जुटाइदिए । ३५ लाख लागतमा त्यहाँ १२ कोठे अस्थायी भवन बन्यो । तत्कालको आवश्यक्ता पूरा गर्न बनेको भवन अहिले जीर्ण भइसकेको छ । भवन बनाएर फर्किएका ह्यारीले अहिलेसम्म स्कुल सम्झिएनन् ।

‘यहाँबाट गएपछि कोही आएका छैनन् । टीम रुविकनकै दुई जना आए, उद्घाटनको बेलामा । ह्यारीले चाहीँ कन्ट्याक्ट गरेका छैनन्,’ नेपालीले भने, ‘स्कुल जीर्ण भयो । नयाँ बनाउन सकिएको छैन । सहयोग माग्न जाँदा कसैले वास्ता गर्दैनन् ।’

बेलायती तत्कालिन राजकुमारले बनाइदिएको भनेर कसैले पनि स्कुल स्तरोन्नतीमा हात हाल्न मानेका छैनन् । स्कुलका शिक्षक शिवराज खनाल ह्यारीकै कारण सहयोगी नपाएको हुन सक्ने अनुमान गर्छन ।

‘कसैसँग सहयोग माग्दा ह्यारीले बनाईदिएको स्कुलमा सहयोग गर्नुपर्छ र ? भन्छन् । हामीले त्यहाँ किन हात हाल्ने भनेर ठाडो शब्द बोल्छन्,’ उनले भने, ‘भुकम्प जाँदा सुरुमा त राम्रो भयो । अहिले अन्त राम्रो भवन बन्यो । हाम्रो स्कुल जीर्ण छ ।’

भवन मात्रै होइन, त्यहाँको शिक्षाको अवस्था समेत नाजुक छ । शिक्षकको तलब जुटाउन अप्ठ्यारो भएको छ भने विद्यार्थीलाई आकर्षण गर्नेगरी पढाई हुन सकेको छैन ।

‘छिमेकका सबै स्कुल भवन भव्य बनेका छन् । सिंहदरबार जस्ता भवन छन्,’ उनी भन्छन्, ‘यो स्कुलमा ठूलो पानी प¥यो भने भित्रै चुहिन थाल्छ । घाम चर्कियो भने पसिनाले पढाउन सकिँदैन ।’

लापुगाउँमा शिक्षा कार्यालयबाट दुई कोठे र एनजिओले भव्य स्कुल बनाइदियो । गंगाजमुना आधारभुत स्कुल भिरकुनामा शिक्षा कार्यालयले नै पक्की भवन बनाईदिएको छ । छिमेकका सबै स्कुलको भव्य भवन हुँदा लापुबेँशीका विद्यार्थी र शिक्षक भने हेरेरै चित्त बुझाउन बाध्य छन् ।

स्कुलमा १५ जना शिक्षक छन् । अधिकांश शिक्षकलाई गाउँलेले मासिक चन्दा उठाएर पाल्छन् । ह्यारी बेलायत गएपछि राजसंस्थाबाट अलग हुने निर्णयले त्यहाँका स्थानीय र शिक्षकहरू झनै निराश भए । गाउँलेले आफ्नो गाउँको सम्झना गराईराख्न डाँडै उपहार दिए । तर, ह्यारीले गाउँ सम्झिएनन् ।

उनको नाममा स्थानीय डम्फूडाँडालाई ह्यारी हिल नामाकरण गरिएको छ । ह्यारीले सहयोग थप्नु त परको कुरा उनकै कारण संघ संस्था र सरकारबाट आउने अनुदान र पाउने सहयोग पनि पाउन छोडे । स्कुलका शिक्षक पाल्न प्रत्येक घरले एक सय ५० रुपैयाँ मासिक उठाउँछन् ।

‘मावि सन्चालन गर्ने बेलामै मासिक सहयोग गर्ने भनेर स्थानीयले बचन दिए । पहिले ५ सय उठाईन्थ्यो, अहिले डेढ सय मात्रै उठाउछौं,’ लेखापाल विनिता गुरुङ भन्छिन्, ‘बोलेको पैसा खुरुखुरु तिर्नुहुन्छ ।’ स्कुल चलाउने अरु श्रोत नभएको उनले बताईन् । अघिल्लो वर्षदेखि गाउँपालिकाले ३ वटा शिक्षकको कोटामा अनुदान दिएको छ ।

  • ह्यारी
शनिबार, चैत १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो
अन्तरबैंक एटीएम शुल्क घट्यो, मोबाइल बैंकिङबाट रू दुई लाखसम्म कारोबार गर्न सकिने
सर्वोच्चबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह बारे निर्णय लिन्नँ : प्रधानमन्त्री प्रचण्ड

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.