धनकुटा । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी कुनै सैन्य गठबन्धन नभई विकासको आयोजना भएको बताएका छन् । नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै मन्त्री खाँणले बिजुलीको तारबाट सेना र हतियार नभई बिजुली आउने बताएका हुन् ।
मन्त्री खाँणले अमेरिकी सेना आए त्यसको जिम्मा कांग्रेसले जिम्मा लिने बताउँदै नेपालमा डिजेल र पेट्रोलको माग बढी भएकाले बिजुलीको उत्पादन बढाउन आवश्यक रहेकाले एमसिसी जस्ता परियोजना आवश्यक रहेको बताए ।
फरक प्रसंगमा मन्त्री खाँणले मुलुकको संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धन बनेको बताउँदै कांग्रेस कमजोर भएमा मात्रै होइन बलियो हुँदा पनि गठबन्धन गर्ने बताए । गठबन्धनले शान्ति प्रक्रियालाई टुंगोमा लान र राष्ट्रियताको जगेर्ना गर्न गठबन्धन बनेको बताए ।
कार्यवाहक प्रधानमन्त्री समेत रहेका मन्त्री खाँणले संविधानविरोधी काम गर्नेलाई सरकारले कारबाही गर्ने बताए । उनले अर्को पार्टीका कार्यकर्ता आक्रमण गरे सरकारले कारबाही बताउँदै कांग्रेस धनकुटाको कार्यक्रम रोक्न एमाले कार्यकर्ताले सडक अवरोध गर्ने प्रयास गरेको भन्दै उनले त्यस्तो जो कोहीलाई कारबाही गर्ने बताए ।
तेह्रथुमको जिल्ला प्रशासन कार्यालय उद्धाटन गर्न पूर्व आएका मन्त्री खाँण कांग्रेस धनकुटाको आमसभालाई सम्बोधन गर्न धनकुटा आएका हुन् ।