मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिला सुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला । रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनुपर्ने दिन छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । काममा अरुको समर्थन पाइने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ । परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैँया पैसा आर्जन हुने योग परेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ । केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन् । नसोचेको ठाँउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । कामहरु पनि सजिलैसँग बन्ने छन् ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला ।हात हतियारबाट जोगिनु पर्ने दिन रहेको छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जागिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । यात्रामा भने जोगिएर काम गर्नुहोला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।