• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

रु पे कार्ड : भारतीय डिजिटल कार्ड सेवालाई नेपालमा मान्यता दिँदा के-के फाइदा ?

बीबीसी । भारतको विश्वव्यापी कार्ड प्रणाली “रु पे” लाई नेपालमा प्रयोग अनुमति दिँदा दुई देशबीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र ब्याङ्कका एक अधिकारीले बताएका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा ‘रु पे’ नेपालमा पनि प्रयोगमा ल्याउने घोषणा गरेका छन् ।

भारतीय राष्ट्रिय भुक्तान निगम एनपीसीआईबाट जारी हुने ‘रु पे’ विश्वव्यापी कार्ड प्रणाली भिसा र मास्टर कार्ड जस्तै भारत आफैँले सुरुवात गरेको ब्याङ्किङ कार्ड हो । भारतीय प्रधानमन्त्री मोदीले यसले दुई देशबीच डिजिटल भुक्तानीलाई बढावा दिने उल्लेख गरेका छन् ।

“नेपालमा RuPay कार्डको उपलब्धता वित्तीय जडानतर्फ अर्को ठुलो कदम हो र यसले डिजिटल भुक्तानीलाई बढवा दिनेछ,” मोदीले ट्विट गर्दै भनेका छन् । सन् २०१२ मा सुरुवात भएको यो कार्ड अहिले करिब ७० करोड भारतीयहरूले प्रयोग गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतमा विभिन्न प्रणालीका करिब एक अर्ब ब्याङ्किङ कार्ड प्रयोगकर्ताहरू रहेको बताइन्छ। जसमध्ये करिब ६० प्रतिशतले ‘रु पे’ प्रयोग गर्ने दाबी गरिएको छ ।

नेपाललाई के फाइदा ?
नेपाल राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल भारतमा ठूलो सङ्ख्यामा प्रयोगकर्ताहरू रहेको कार्ड प्रणालीले नेपालमा पनि प्रयोग अनुमति पाउँदा तत्कालका लागि नेपाल घुम्न आउने भारतीयहरूले गर्ने खर्च पारदर्शी बनाउन सहयोग पुग्ने बताए ।

“नगद कारोबार हुँदा जति पारदर्शिता हुन्थ्यो डिजिटल कारोबार हुँदा त्यो भन्दा बढी पारदर्शिता हुने भयो । किनभने यसको अभिलेख हुन्छ र यसमा नियामक निकायहरूको पहुँच हुन्छ,” उनले भने ।

यसले नेपालका वित्तीय संस्थाहरूलाई पनि भारतीय ब्याङ्कहरूसँग हुने कारोबार मिलाउन सहज हुने उनी बताउँछन् । भारतीय विदेश मन्त्रालयले तयार गरेको एक भिडिओमा नेपालमा ‘रु पे’ को प्रयोग अनुमतिपछि भारतीय पर्यटक र तीर्थयात्रीहरूलाई थप सहज हुने दाबी गरिएको छ ।

यसले भारतीय नागरिकहरूले नेपालमा गर्ने खर्चको अभिलेख राख्न पनि सहयोग पुग्ने पौडेलले बताए । उनका अनुसार भारतीय कार्डको प्रयोग नेपालमा सहज बनाइँदा सीमा पार अपराध र गैर कानुनी कारोबार समेत हतोत्साहित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

“उताबाट पनि कानुनी रूपमा आर्जन गरिएको पैसा मात्र आउने भयो । किनभने ब्याङ्कमा खाता खोलेर त्यहाँ जम्मा गरेर नेपालमा पनि ब्याङ्किङ प्रणालीबाटै पैसा निकाल्नुपर्‍यो,” नेपालको केन्द्रीय ब्याङ्कका कार्यकारी निर्देशक पौडेलले भने । कुनै पनि देशको ब्याङ्किङ प्रणालीमा जोडिँदा देशलाई फाइदा पुग्ने नेपाल च्याम्बर अफ कमर्सका ब्याङ्किङ कमिटी प्रमुख अनलराज भट्टराई बताउँछन् ।

“नेपाल र भारतबीच ब्याङ्किङ प्रणाली जोडिँदा सीमा पार भुक्तानीलाई सहज गर्छ । हाम्रोमा कतिपय ठाउँमा नगद नै ओसार पसार पनि हुने गरेको सन्दर्भमा यसले धेरै फाइदा पुग्छ,” उनले भने । भौतिक मुद्राको ओसारपसार कम हुँदा विगतमा भारतले गरेजस्तो नोटबन्दीको असर पनि नेपालमा कम हुने भट्टराई बताउँछन् ।

कसरी प्रयोग गर्ने ?
नेपाल राष्ट्र ब्याङ्कका अनुसार पहिलो चरणमा भारतीय कार्डबाट नेपाल एसबीआई ब्याङ्कका एटीएम बुथहरू प्रयोग गरेर नेपाली नगद निकाल्न सकिन्छ । भारतीय विदेश मन्त्रालयले नेपालमा १४०० मसिनहरूबाट पैसा निकाल्न मिल्ने भारतले विदेश मन्त्रालयले बताएको छ ।

एटीएम बाहेक विभिन्न बजारहरूमा राखिएका पस (प्वाइन्ट अफ सेल्स) बाट पनि यसको प्रयोग गर्न सकिने राष्ट्र ब्याङ्कले जनाएको छ । पहिलो चरणमा अन्य ब्याङ्कहरूबाट ‘रु पे’ कार्ड प्रयोग गरेर नगद निकाल्न नसकिने राष्ट्र ब्याङ्कका अधिकारीले जानकारी दिए ।

“हाललाई एसबीआई ब्याङ्कका एटीएम र ‘पस’हरूमा यसको प्रयोग हुनसक्ने भयो,” कार्यकारी निर्देशक पौडेलले भने । “तर हामी सबै ब्याङ्क तथा वित्तीय संस्थाबाट यसको कारोबार हुनुपर्छ भन्नेमा छौँ ।”

अहिले यस्ता कार्डहरू नेपालबाट जारी नहुने भएकाले नेपालका वित्तीय संस्थामा खाता खोल्ने नेपाली वा भारतीयहरूले भने यो कार्ड लिन नसक्ने राष्ट्र ब्याङ्कले जनाएको छ ।

कति रकम कारोबार गर्न पाइन्छ ?
नेपाल राष्ट्र ब्याङ्कले तत्कालका लागि नेपालको ब्याङ्कमा ‘रु पे’ प्रयोग गरेर नगद निकाल्दा फरक मापदण्ड लागु नगरिएको जनाएको छ ।नेपालमा एटीएमबाट एक पटकमा २०,००० देखि २५,००० र एक दिनमा १००,००० सम्म नगद निकाल्न सकिन्छ भने क्यू आर कोडको माध्यमबाट २००,००० सम्मको किनमेलमा भुक्तानी गर्न सकिन्छ ।

तर भारतबाट जारी हुने कार्डबाट नेपालमा गर्न सकिने खर्च भारतीय नियमले पनि प्रभावित हुन सक्ने राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक पौडेलले बताए ।

अहिले नै प्रयोग गर्न मिल्छ ?
केशर महलस्थित नेपाल एसबीआई ब्याङ्क लिमिटेडको कर्पोरेट कार्यालयले नेपालमा रू पे प्रयोगमा आइसकेको जानकारी दिएको छ ।

“नेपाल एसबीआई ब्याङ्कका एटीएम टर्मिनलहरूमा रू पेका अन्तर्राष्ट्रिय कारोबारहरू सुरु गरिएको छ । सबै प्रकारका आन्तरिक वा विश्वव्यापी रू पे कार्डहरू पोस टर्मिनलहरूमा पनि स्वीकार गर्न सुरु गरिसकेका छौँ,” उक्त ब्याङ्कले इमेलमा भनेको छ ।

नेपाल राष्ट्र ब्याङ्कले प्रधानमन्त्रीको भ्रमणअघि नै आफ्नो तर्फबाट उक्त कार्ड नेपालमा प्रयोग अनुमतिका लागि सबै प्रक्रिया पूरा गरेको पौडेलले जानकारी दिए ।

  • रु पे कार्ड
सोमबार, चैत २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने
सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’
रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • २.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ३.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ४.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ५.
    लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

  • ६.
    सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.