एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिने भएका छन् । पछिल्लो केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह गर्न लागेका हुन् ।
सन् २०१८ मा भएको अभिनेत्री सोनाम कपुर र आनन्द आहुजाको विवाह समारोहमा रणवीर र आलियाले आधिकारिक रूपमा आफ्नो प्रेम सम्बन्ध बारे खुलासा गरेका थिए ।
पिङकभिल्लाका अनुसार उनीहरूको विवाह समारोह यही १३ अप्रिलबाट सुरु भएर १७ अप्रिलसम्म हुने बताइएको छ । संगीत र मेहेन्दी समारोह पनि यसैबीच हुने बताइएको छ ।
कपुर र भट्ट परिवारका निकट स्रोतका अनुसार यो मितिमा आफन्तहरूलाई समय मिलाउन उनीहरूले भनिसकेका छन् । विवाह समारोहमा अभिनेत्री आलियाले सेलिब्रेटी डिजाइनर मनिष मल्होत्रा र सब्यासाचीको डिजाइनर पहिरन लगाउनेछिन् ।
बलिउड इन्डस्ट्रीका लागि भने अप्रिलको अन्तिमतिर मात्रै पार्टि राख्ने बताइएको छ । रणवीर र आलियाको विवाह समारोह ऋषी कपुर र नितु कपुरको जस्तै चेम्बरको आरके हाउसमा हुँदैछ ।
आफ्नो आमाबुबाको जस्तै विवाह समारोह गर्ने रणवीरको इच्छा स्वरूप उनीहरूको विवाह आरके हाउसमा हुने तय भएको हो ।