• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

फर्केर हेर्दा : जसले आफैँलाई मतदान गरेनन् र शून्य मतमा पराजित भए

तनहुँ । स्थानीय तहको निर्वाचनले राजनीतिक सरगर्मी हप्पकै बढेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न केन्द्रदेखि वडा तहसम्मका नेताहरुको दौडधुप निकै बढ्दो छ । राजनीतिक दल यतिबेला वडा तहमा उम्मेद्वार बन्न आकंक्षीको सुची तयार पार्दै छन् ।

स्वतन्त्र रुपमा उम्मेद्वारी दिनेहरूले भने धमाधम सामाजिक सञ्जाललाई प्रयोग गर्दै उम्मेद्‌वारी घोषणा गरिरहेको अवस्था छ । निर्वाचनमा उम्मेद्‌वारी दिएपछि सबैको रहर जित्ने हुन्छ । जित्नै नसके पनि कम्तिमा लोकप्रिय मत पाउनलाई कसरत धेरै उम्मेद्‌वारले गर्छन् नै ।

मतदाताको मन र मत जित्नलाई दौडधुप हुनु स्वभाविक पनि हो । तर, अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनमा तनहुँका केही उम्मेद्‌वारले आफैँले आफैँलाई समेत भोट हालेनन् । अर्थात आफैँलाई पत्याएनन् र उनीहरुले शून्य मत प्राप्त गरेका थिए । न त उनीहरूले उम्मेद्‌वारी फिर्ता लिए न आफैँलाई मतदान गरे ।

२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौजना उम्मेद्‌वारको शून्य मत रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँकी सूचना अधिकारी दुर्गा आले मगरले बताइन् । तीन जना वडाध्यक्ष र छ जना वडा सदस्यका उम्मेद्‌वारले शून्य मत प्राप्त गरेको उनले जानकारी दिइन् ।

सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकाका चार जना, व्यास र शुक्लागण्डकी नगरपालिकाका दुईरदुई जना र देवघाट गाउँपालिकाका एक जना उम्मेद्‌वारले आफैँलाई मतदान गर्न बिर्सिए ।

सूचना अधिकारी आलेका अनुसार व्यास नगरपालिका–१ मा पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट वडाध्यक्षमा उम्मेद्‌वारी दिएका उमराज नहर्की, शुक्लागण्डकी नगरपालिका–९ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेद्‌वार बनेका रामबहादुर नेपाली र देवघाट गाउँपालिका–५ मा स्वतन्त्र वडाध्यक्षमा उम्मेद्‌वारी दिएका कृष्णराज न्यौपानको मत शून्य आयो ।

यस्तै आँबुखैरेनी गाउँपालिका–४ मा स्वतन्त्र वडा सदस्यका उम्मेद्‌वार राजु गुरुङ र सुकबहादुर गुरुङ, स्वतन्त्र महिला वडा सदस्यको उम्मेद्‌वार कौशिला गुरुङ र स्वतन्त्र उठेकी दलित महिला सदस्य मनमाया कामीले पनि आफैँलाई मतदान गरेनन् ।

व्यास–१२ मा नेपाल पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट वडा सदस्यमा निर्वाचन लडेका जनकबहादुर पन्थ क्षेत्री र शुक्लागण्डकी ३ मा संघीय समाजवादी फोरम नेपालका तर्फबाट दलित महिला सदस्यमा उठेकी पार्वती विक पनि मतविहीन भए ।

उम्मेद्‌वारी फिर्ता नलिएका तर अरु उम्मेद्‌वारलाई सघाएको कारण पनि शून्य मत भएको हुन सक्ने निर्वाचन कार्यालयको अनुमान छ । जिल्लाको १० स्थानी तह र ८५ वडामा एक हजार ५८२ जनाले उम्मेद्‌वारी दिएका दिए ।

एक दलित महिला सदस्य र सात दलित तथा अल्पसंख्यक गरेर आठ जना निर्वाचन अगावै उम्मेद्‌वारी दर्तासँगै विजयी भए । ४६१ निर्वाचनमा होमिएर विजयी भएका थिए ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता कायम थिए । तर एक लाख ३२ हजार ९४४ मत मात्र खसेको थियो । अर्थात ६१ हजार ५२७ मतदाता स्थानीय तहको निर्वाचन प्रक्रियामा सामेल भएनन् ।

खसेको मतमध्ये पनि तीन हजार १५४ मत बदर भएको थियो । यसपालि जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । यतिबेला सबै राजनीतिक दलहरु उम्मेद्‌वार छनोटका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।

  • निर्वाचन
  • मतदान
मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर
दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो
अन्तरबैंक एटीएम शुल्क घट्यो, मोबाइल बैंकिङबाट रू दुई लाखसम्म कारोबार गर्न सकिने

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.