मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । प्राय सबै कामहरू बन्नेछन् । काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बैदेशिक कार्यमा असफलभई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
तपाइको बुद्धिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । अन्नको लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ, आज कसैबाट समर्थन एवम् धन पाइने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
धनको लाभ अर्थात रुपैँया पैैसा कमाइने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ ।आज तपाइलाई अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ । परिवारमा खुशिको माहोल छाउनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै, भौतिक सर सामानको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने दिन छ, होस पुर्याउनु होला । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ, शरिरमा रोगले पनि सताउने दिन छ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । सोचे अनुसार काम सम्पन्न भने हुँदैन ।मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नयाँ काम सम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ । साथै, ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ । हात हतियारबाट जोगिएर काम गर्नुहोला, छर छिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउनेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ, पढाइमा भने मन नजाला ।