काठमाडाैं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भू-भागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ ।
प्रदेश १ को पहाडी भू-भागका केही स्थान तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना पनि छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ ।