काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल राष्ट्र बैंकको गर्भनर हटाउनु सरकारको निर्णय निन्दनीय रहेको बताए । सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई हटाएपछि सामाजिक सञ्जालमा लेख्दै उनले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैरजिम्मेवार र निन्दनीय रहेको बताए ।
उनले लेखेका छन्, ‘अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैरजिम्मेवार र निन्दनीय छ । यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको छ । यो निर्णय तत्काल सच्याउनु राम्रो हुन्छ ।’ उनले गर्भनर हटाउने निर्णयमा प्रधानमन्त्री देउवाको ध्यान जानुपर्ने बताए ।
अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शि, गैरजिम्मेवार र निन्दनीय छ।यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको छ।यो निर्णय तत्काल सच्याउनु राम्रो हुन्छ।प्रम @SherBDeuba को ध्यान जाओस्।
— Kamal Thapa (@KTnepal) April 8, 2022