• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

वर्ष २०७८ : पुस्ता हस्तान्तरणदेखि खेलाडी र क्यान विवादसम्मले तातेको क्रिकेट वर्ष

काठमाडौं । वर्ष २०७८ नेपाली क्रिकेटको लागि मिश्रित रह्यो । खेलाडीले मैदानमा आफूलाई प्रमाणित गरे । अनुभवी खेलाडीलाई प्रतिस्थापना गर्दै नयाँ खेलाडीको आगमनसमेत भयो ।

खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवादसँगै लगातार प्रतियोगिताले क्रिकेट क्षेत्र प्राय चर्चामा रहिरह्यो । यसै वर्ष नेपालले केही विदेशी भूमिमा त केही घरेलु मैदानमा प्रतियोगितासमेत खेल्यो ।

घर बाहिर भएका प्रतियोगितामा नेपाल आफ्नो लक्ष्य अनुसार सफलता पाउन सकेन । यद्यपि, घरेलु मैदानमा भएका शृंखला भने आफ्नो पक्षमा पार्न सफल भयो । यस वर्ष नेपालले घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय टी-२० शृंखला खेल्यो । दुबै घरेलु दर्शकमाझ आफ्नो पोल्टामा पार्‍याे ।

वर्षको सुरुवातमा नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय शृंखला खेल्यो । यस्तै वर्षको अन्त्यमा भएको नेपाल, मलेसिया र पुपुवा न्युगिनी (पीएनजी) सम्मिलिन टी-२० शृंखला पनि आफ्नै पोल्टामा पार्‍याे ।

यस बाहेक नेपालले टी-२० विश्वकपको ग्लोबल छनोट, आईसीसी विश्वकप क्रिकेट लिग-२, श्रीलंकामा अभ्यास खेल र घरेलु मैदानमा पीएनजीविरुद्ध एकदिवसीय शृंखला खेल्यो । यस वर्ष नेपाली क्रिकेट टिमले दुई वटा प्रशिक्षकसमेत पायो ।

पुस २०७६ मा खुला प्रतिस्पर्धामार्फत आएका डेभ वाटमोरले भदौमा आईसीसी लिग डिभिजन-२ पछि नेपाली टिम छाडे । उनकै नेतृत्वमा नेपालले गत वैशाखमा भएको टी-२० शृंखला जितेको थियो ।

पारिवारिक समस्या देखाउँदै वाटमोरले नेपाल छाडेलगत्तै उनको स्थान लिन पूर्वप्रशिक्षक पुबुदु दासानायके नेपाल आएका छन् । उनी विश्वकप ग्लोबल छनोटमा असफल भए पनि घरेलु मैदानमा यसै महिना भएको त्रिदेशीय टी-२० क्रिकेटको उपाधि भने नेपाललाई जिताउन सफल भए ।

टी-२० विश्वकपको ग्लोबल छनोटमा भने नेपाल सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग सेमिफाइनलमा ६८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । योसँगै नेपालले दोस्रो पटक विश्वकप खेल्ने सपना पूरा गर्न सकेन ।

वर्ष २०७८ खेलाडीका लागि झनै विशेष रह्यो । केही खेलाडीले ठूला उपलब्धीसमेत हात पारे । यस्तै कीर्तिमानको भने चांङ नै लाग्यो । यस वर्ष नेपाली ब्याटरबाट तीन शतक निस्केका छन् । त्यसअघि जम्मा दुई नेपाली ब्याटरले शतक प्रहार गरेका थिए ।

यस वर्ष युवा ब्याटर कुशल भुर्तेलको नाममा पहिलो शतक बन्यो । उनले टी-२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध अविजित १०४ रन बनाए । यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए ।

वैशाखमा भएको टी-२० शृंखलामा प्रशिक्षक वाटमोरले डेब्यु गराए यता कुशलले पाँच अर्धशतक र एक शतकसहित ५७३ रन बनाइसकेका छन् । अर्काे शतक बनाउने खेलाडीमा सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी पर्छन् ।

उनले यस वर्ष एक शतकसहित पाँच अर्धसमत बनाए । उनले पीएनजीविरुद्ध भएको दोस्रो खेलमा १०५ रन बनाएका थिए । उनी नेपाली क्रिकेटमा एक हजार रन बनाउने एक्ला खेलाडीसमेत हुन् ।

शतक बनाउने तेस्रो खेलाडी हुन् युवा ब्याटर रोहितकुमार पौडेल । उनले घरेलु मैदानमा पीएनजीविरुद्ध १२६ रन बनाएका थिए । उनको नाममा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान छ ।

यता, अलराउण्डर करण केसीले कीर्तिमान राख्दै ह्याट्रिकसहित पाँच विकेट लिए । बलिङमा यस्तो प्रदर्शन गर्ने करण एक्ला नेपाली खेलाडी रहे । पीएनजीविरुद्ध टी-२० क्रिकेटमा ३ दशमलव ४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिएर ५ विकेट लिएका थिए ।

यी त भए मैदान भित्र खेलाडीले पाएका ठूला उपलब्धी । अब, मैदान बाहिरका कुरा गराैँ। एक समय नेपाली क्रिकेट क्षेत्रमा यस्तो पनि बन्यो, राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडी उपलब्ध पनि भएनन् । कारण थियो खेलाडी र क्यानबीचको विवाद ।

खेलाडी वर्गीकरणको विषयलाई स्वयं खेलाडीले क्यानमा कुरा उठाउनुको सट्टा मिडियाबाजी गरेको र आचारसंहिता उल्लघंन गरेको भन्दै क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित खेलाडीलाई केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गर्‍याे ।

क्यानको २९ मंसिरमा बसेको बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रलाई पदमुक्त साथै दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई २०२२ को सुरुवाती ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय लिएको थियो ।

६ महिना क्यानले कारबाही स्वरुप पारिश्रमिक रोक्का गर्ने र नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई जिम्मेवारी दिएपछि खेलाडी झनै आक्रोसित भए र विवाद झनै सतहमा आएको थियो ।

यसपछि खेलाडी नजिकै रहेको विश्वकप ग्लोबल छनोटको तयारीका लागि होटेल रिपोर्टिङ गर्न समेत आनाकानी गरे । करण केसीलगायत अन्य खेलाडीले बाहिरै रहेर राष्ट्रिय टिमका खेलाडीलाई साथ दिएर अभ्यासमा उपलब्ध भएनन् ।

यसपछि क्यान नेतृत्वसमेत लचकता अपनाएपछि खेलाडी खेल्न तयार भएका थिए । यसपछि क्यानले कारबाहीसमेत फिर्ता लिएको थियो । यी त भए मैदान बाहिरका कुरा, अब फेरि मैदान भित्रका कुरा ।

वर्ष २०७८ मा क्रिकेटमा १२ खेलाडीले डेब्यु गरे । जसमा चार खेलाडीले टी–२० र एकदिवसीय (ओडीआई) मा डेब्यु गरे । यस्तै पाँच खेलाडीले टी-२० र तीन खेलाडीले ओडीआईमा डेब्यु गरे ।

कुशल भर्तेल, आसिफ शेख, सागर ढकाल र गुल्शन झा दुबै फर्म्याटमा डेब्यु गरे । यस्तै शाहव आलम, लोकेश बम, विवेक यादव, दिलीप नाथ र आलिद अन्सारीले टी-२० मा डेब्यु गरे । विक्रम सोब देव खनाल र भीम सार्कीले भने ओडीआईमा डेब्यु गरेका छन् ।

वर्ष २०७८ लाई सम्झिँदा यो वर्ष क्रिकेटर दीपेन्द्रमय भयो । चाहे त्यो मैदान भित्र या बाहिर होस् । यस्तै यस वर्षलाई भन्दा क्रिकेटमा पुस्ता हस्तान्तरण समेत भयो । १२ खेलाडीले डेब्यु गर्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, विकेट किपर विनोद भण्डारी, शरद भेषावकरजस्ता अनुभवी खेलाडीको स्थान युवा खेलाडीले लिएका छन् ।

यसबाहेक क्यानले आफ्नो वार्षिक साधारणसभा समेत सफलता पूर्वक सम्पन्न गर्न सक्यो । केही शृंखला आयोजना गर्‍याे । यस्तै घरेलु महिला लिग, पुरुष टी-२० लिग र यु–१९ महिला लिग सम्पन्न भएका छन् ।

  • क्रिकेट
बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?
एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने
सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.