काठमाडौं । वर्षको पहिलो दिन आज काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । यसअघि छिटपुट वर्षा भए पनि आज वर्षा अत्यधिक मात्रामा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
यसैकारण उपत्यकामा अहिले वर्षा भएको हो । यतिबेला देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागको एक दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।